खेलकुद

लुकाकु कीर्तिमानी मुल्यमा चेल्सीमा अनुबन्धित

साउन २९, २०७८

एजेन्सी – बेल्जियन फरवार्ड रोमेलु लुकाकु कीर्तिमानी मुल्यमा इंग्लिस क्लब चेल्सीमा अनुबन्धित भएका भएका छन् । इटालियन च्याम्पियन इन्टर मिलान छोडेर लुकाकु आफ्नै पूर्व क्लबमा ९८ मिलियन पाउन्डमा ५ वर्षका लागि अनुबन्धित भएका हुन् ।

यो चेल्सीले एक खेलाडीका लागि हालसम्मकै बढी रकम खर्च गरेको हो । यसअघि चेल्सीले गत सिजन जर्मन मिडफिल्डर काई हाभर्टजलाई ८२ मिलियन युरो खर्चिएको थियो ।

चेल्सीले यसअघि लुकाकुका लागि गरेको दुई प्रस्ताव इन्टरले अस्विकार गरेको थियो । दोस्रो प्रस्ताव भने ८५ मिलियन पाउण्डसँगै डिफेन्डर मार्कोस अलोन्सो इन्टर जाने रहेको थियो । उक्त प्रस्ताव अस्विकार गरेपछि चेल्सीले क्लब कीर्तिमानी रकम प्रस्तावलाई इन्टरले स्वीकारेपछि ट्रान्सफर पक्का भएको हो ।

लुकाकुले सन् २०१४ मा चेल्सीको सिनियर टोलीबाट मात्र १५ खेल खेल्दै क्लब छाडेका थिए । सन् २०११ मा आन्द्रेलेक्टबाट उनी चेल्सी आएका थिए । सन् २०१४ देखि २०१७ मा एभर्टनबाट खेलेका उनले १ सय ६६ खेलमा ८७ गोल गरे । त्यसपछि दुई सिजन म्यानचेस्टर युनाइटेडमा बिताएका उनले ९६ खेलमा ४२ गोल गरेका थिए ।

सन् २०१९ मा इन्टर मिलान पुगेका लुकाकुले गत सिजन टोलीलाई ११ वर्षपछि लिग जिताएका थिए । उनले लिगमा २४ गोल गरेका थिए ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button