मूल खबर

काबुल पसे तालिबान

३१ श्रावण २०७८
झापा । अफगानिस्तानमा मुस्लिम अतिवादी विद्रोही समूह तालिबानका लडाकुहरू राजधानी काबुल प्रवेश गरेका छन् ।

आइतबार बिहानमात्रै बिना लडाइँ पूर्वी अफगानिस्तानको महत्वपूर्ण सहर जलालावाद कब्जामा लिएका तालिबानहरू दिउँसो राजधानी काबुल पुगेका हुन् ।

सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएअनुसार तालिबान लडाकुहरू अहिले काबुलको बाहिरी क्षेत्रमा पुगेका छन् ।
काबुल पस्नुअघि तालिबानहरूले आजै नजिकैका दुई प्रान्तीय राजधानी पनि कब्जामा लिएका छन् ।

पछिल्लो एक सातामा तालिबानले लगभग देशका प्रमुख सबै सहर कब्जा गरेका छन्। अब उनीहरू राजधानी काबुल कब्जा गर्ने उद्देश्यले अघि बढिरहेका छन् ।

यसैबीच आइतबार दिउँसो एक वक्तव्य जारी गर्दै तालिबानले आफूहरू भिडन्त गर्दै काबुल नपस्ने बताएका छन् ।

शान्तिपूर्ण तरिका काबुल पस्नेबारे कुरा भइरहेको तालिबानको भनाइ छ। साथै कुनै पनि नागरिक र सैनिकहरूविरूद्ध आफूले बदला नलिने बरू उनीहरूलाई माफी गरिएको तालिबानको विज्ञप्तिमा उल्लेछ । सेतोपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button