सृजनाको चौतारी

आँखा खोलि

मुक्तक

मुक्तक १

आँशु भित्र हाँसो हुन्छ हेर्नू पर्छ आँखाखोलि
बाद्ल भित्र जून हुन्छ केर्नु पर्छ आँखाखोलि
हारहोईन जित ठान्दै जिन्दगिका कदम जति
उड्छन मन सम्हालेर बेर्नु पर्छ आँखा खोलि

मुक्तक २

जिन्दगी हार होईन सके जित बुझ्नु
रसाए नयन भने बरु त्यो शित बुझ्नु
भक्कानिए मनहरु सम्हाल्न नबिर्सदै
दुःख र सुख त यो संसारकै रित बुझ्नु

मुक्तक न ३

नबिर्सनु नेपाल आमा, लेख्नलाई जहिले
आँखा खोल्नु सिमा रेखा, देख्नलाई जहिले
हार होइन जित लेख्नु गोर्खालीको रगतले
बैरीआए थाप्नु छाती देश,छेक्नलाई जहिले

मुक्तक ४

ट्वाँके मिठो खोया बिर्के तनाइँ दिनुसानी
सितन पनि लोकल भाले बनाइँ दिनुसानी
बानि बिग्रियो संगतले ठेगान छैन मेरो पनि
बरु घर होईन माइतमै तिज मनाइँ दिनुसानी

तारा पौडेल,अबिरल
सु न पा ३
इलाम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button