१३ भदौ २०७८
काँकरभिट्टा । कोभिड १९ का कारण झापामा रगत अभावलाई टार्न आइतबार झापाको काँकरभिट्टाम रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
‘रक्तदान जीवन दान’ भन्ने नारासहित नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद मेचीनगरले रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । काँकरभिट्टा स्थितलक्ष्मीनारायण मन्दिर परिसरमा भएको कार्यक्रममा ४ महिला र ३५ पुरुषसहित ३९ जनाले रक्तदान गरेको परिषद अध्यक्ष ओमप्रकाश खापुङ्गले जानकारी दिए ।

नेपाल रेडक्रस सोसाईटि झापा शाखा भद्रपुरको प्राविधिक सहयोग भएको कार्यक्रमा ३१ औं पटक रक्तदान गरिसकेका मेचीनगर— १० का गोकुल हुमागाईँले ३२ औँ पटक रक्तदान गरेर कार्यक्रमकोउद्घाटन गरेका थिए । प्राविधिकहरु दीपक ओली, आश्मा लिम्बु, सरीता विक, रिमा खड्काले रक्त संकलन गरेका थिए । संकलित रगत नेपाल रेडक्रस सोसाईटि झापा शाखा भद्रपुरलाई प्रदान गरिएको छ ।
उद्घाटन समारोहमा बोल्दैं कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले अहिले जिल्लामा रगत अभाव भइरहेका बखत नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद मेचीनगरले सम्मान योग्यकार्य गरेको भन्दैं प्रशंसा गरेका थिए । आचार्यले रगत दान गर्नु भनेको कसैलाई नयाँ जीवन प्रदान गर्नु हो भन्दैं यस्तो मानवीय कार्यमा जुट्न सवैलाई आग्रह समेत गरेका थिए । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद मेचीनगरका अध्यक्ष ओमप्रकाश खापुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख मीना पोखरेल उप्रेती, परिषदका झापाका अध्यक्ष भरत श्रेष्ठलगायतले मन्तब्य राखेका थिए ।



