
१३ भदौ २०७८
चौतारी पोष्ट अनलाइन
काँकरभिट्टा। झापा मेचीनगरका व्यवसायीहरुले पूर्वको मुख्य काँकरभिट्टा नाकालाई सहज बनाउन आग्रह गर्दै झापाजिल्ला प्रशासन कार्यालर्यमार्फत प्रधानमन्त्रीलाइ ज्ञापन पत्र बुझाएका छन्
नेपालको पूर्वी नाका काँकरभिट्टालाई सहजिकरण तथा व्यवस्थापन गर्नका लागि आज प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनामार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका हुन् ।
समितिका संयोजक एवम् होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी तिमिल्सिनालाई ज्ञापन पत्र बुझाएका थिए ।

ज्ञापन पत्र बुझाउन गएको टोलीमा होटल व्यवसायी महासंघका केन्द्रिय सचिव राजु अधिकारी, संघका मेचीनगर अध्यक्ष सुरेशकुमार श्रेष्ठ, पुर्व मेची बस व्यवसायी प्रालिका अध्यक्ष विष्णुकुमार श्रेष्ठ, खुद्रा व्यापार संघका मेचीनगर अध्यक्ष भुपाल शिवाकोटी, नाटा प्रदेश नम्बर १ का अध्यक्ष उदयकुमार श्रेष्ठ, झापा ट्राभल संघका अध्यक्ष निरबहुदर कार्की, साना तथा मझौला व्यवसायी महासंघका अध्यक्ष ज्ञानेन्द्र घिमिरे, पुर्वी नेपाल यातायात व्यवसायी प्रालिका अध्यक्ष केशव गिरी, सुनौलो यातायात प्रालिका अध्यक्ष भुपाल ओली, महेन्द् राजमार्ग यातायात कर्मचारी कल्याण कोषका अध्यक्ष बिष्णु गौतम, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष खडानन्द भण्डारी, अखिल नेपाल यातायात मजदुर संगठनका अध्यक्ष हरि निरौला, नेपाल पर्यटन श्रमिक संघका अध्यक्ष विजय सुवेदी, मेची अञ्चल इ–रिक्सा टेम्पो यातायात प्रालिका अध्यक्ष गणेश चौहान, नेपाल यातायात मजदुर संघका अध्यक्ष बिशाल तामाङ, राष्ट्रिय उद्योग व्यापार महासंघ मेचीनगर अध्यक्ष रामबहादुर तामाङ र काँकरभिट्टा नाका सहजिकरण तथा व्यवस्थापन समितिका चिव हस्तकुमरा तामाङ लगायतका थिए।
ज्ञापन पत्र बुझाउने कार्यक्रममा मेचीनगरका राजनीतिक दलहरुको पनि सहभागिता रहेको थियो । प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले व्यवसायीको पीरमर्कालाई चाडै सम्बोधन गरिने बताए ।

काँकरभिट्टाबाट नेपाल आउन चाहाने भारतीय व्यवसायी, पर्यटक, कामदार, विरामीलाई पीसीआर रिपोट वा खोप कार्डको आधारमा सहजताका साथ नेपाल आउने व्यवस्था मिलाईदिन माग गदैं व्यवसायीले प्रजिअ तिमिल्सनालाई पज्ञापन पत्र बुझाएको संयोजक श्रेष्ठले बताए ।
कोरोनाका कारण लामो समयदेखि लकडाउनले बन्द भएको नाकाका कारण नेपालीले आर्थिक क्षेत्रले ठूलो नोक्सानी खेप्दै आएको भन्दैं उद्योगी व्यवसायीले कोरोनासँगै क्रमश हाम्रो दैनिकीलाई सहजतातर्फ अग्रसर गराउनेतर्फ अघि बढाउन प्रजिअ तिमिल्सिनालाई ध्यानआकर्षण गराएका थिए ।



