खेलकुद

डेनमार्क र अष्ट्रियाको सहज जित

भदौ १७, २०७८

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोट खेलमा डेनमार्क र अष्ट्रिया विजयी भएका छन् । गत जुलाई सकिएको युरोकपमा सनसनीपुर्ण प्रदर्शन गर्दै सेमिफाइनलसम्मको यात्रा तय गरेको डेनमार्कले स्कटल्यान्डमाथि २–० को सहज जित निकालेको हो ।

तेलिया पार्केन कोपेनहेगनमा बुधबार राति भएको खेलमा घरेलु टोलीको जितमा ड्यानियल वास र जोआकिमले गोल गरे । पहिलो हाफमा दुई मिनेटमा अन्तरमा दुई गोल भएको थियो ।

खेलको१४औं मिनेटमा ड्यानिल वासले गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाए । उनले पिएरे इमिल होज्वजर्गको पासमा गोल गरेका थिए । लगत्तै अर्काे मिनेटमा जोआकिमले गोल गर्दै डेनमार्कको अग्रता दोब्बर पारे । उनले मिकेल ड्याम्सगार्डको पासमा गोल गरेका थिए ।

त्यसपछि थप गोल निस्कन नसक्दा पहिलो हाफको दुई गोल नै डेनमार्कको जितमा पर्याप्त बन्यो । जितसँगै डेनमार्कले समूह ‘एफ’ मा लगातार चौथो जित निकाल्दै आफ्नो शीर्षतालाई यथावत राखेको छ । डेनमार्कको ४ खेलबाट १२ अंक पुगेको छ । पराजित स्कटल्यान्ड ५ अंकसहित चौथो स्थानमा रहेको छ ।

यही समूहको अर्काे खेलमा युरोकपमा प्रि–क्वाटरफाइनलसम्मको यात्रा तय गरेको अष्ट्रियाले घरेलु टोली मोल्दोभामाथि २–० को सहज जित निकालेको छ । अष्ट्रियाको जितमा क्रिस्टोफ बाउमगार्टनर र मार्काे अर्नाउटोभिकले गोल गरे ।

क्रिस्टोफ बाउमगार्टनरले पहिलो हाफको अन्त्यतिर तथा मार्काे अर्नाउटोभिकले इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा गोल गरेका थिए । क्रिस्टोफ बाउमगार्टनरले मार्काे अर्नाउटोभिकको पासमा तथा मार्काे अर्नाउटोभिकले डेभिड अलाबाको पासमा गोल गरेका थिए ।

जितपछि अष्ट्रिया ४ खेलबाट ७ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ । पराजित मोल्दोभा १ अंक जोडेर पुछारमा छ ।

यही समूहको अर्काे खेलमा इजरायलले फारोइ आइल्यान्डमाथि ४–० को फराकिलो जित निकालेको छ । इजरायलको फराकिलो जितमा इरान जाहावीले ह्याट्रिक पुरा गर्दा मुनास डाब्बुरले एक गोल थपे । इरान जाहावीले १२, ४४ र इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए।

जितपछि इजरायल ४ खेलबाट ७ अंक जोडेर दोस्रा स्थानमा उक्लिएको छ । पराजित फारोइ आइल्यान्ड १ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

फिफा विश्वकप कतार २०२२ युरोपियन छनोट अन्य नतिजा
समूह ‘ए’
लक्जेमवर्गविरुद्ध अजरवैजान (२–१)
पोर्चुगलविरुद्ध आयरल्यानड (२–१)
समूह ‘डी’
काजकस्तानविरुद्ध युक्रेन (२–२)
फ्रान्सविरुद्ध बोस्निय एन्ड हर्जगोभिना (१–१)
समूह ‘एफ’
डेनमार्कविरुद्ध स्कटल्यान्ड (२–०)
फारोइ आइल्यान्डविरुद्ध इजरायल (०–४)
मोल्दोभाविरुद्ध अष्ट्रिया (०–२)
समूह ‘जी’
लात्भियाविरुद्ध जिब्राल्टार (३–१)
नर्वेविरुद्ध नेदरल्यान्ड्स (१–१)
टर्कीविरुद्ध मोन्टेनग्रो (२–२)
समूह ‘एच’
माल्टाविरुद्ध साइप्रस (३–०)
रसियाविरुद्ध क्रोएसिया (०–०)
स्लोभेनियाविरुद्ध स्लोभाकिया (१–१)hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button