खबर

पाँच प्रहरी एआईजीको सरुवा, को कहाँ ?

१८ भाद्र २०७८, शुक्रबार
काठमाडौँ ।

नेपाल प्रहरीका पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा भएको छ ।

एआईजी विश्वराज पोखरेललाई प्रहरी प्रधान कार्यालय कार्य तथा अपराध अनुसन्धान विभागबाट मानस्रोत तथा प्रशासन विभाग प्रमुखमा र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज प्रमुख एआइजी प्रद्युम्न कार्कीलाई कार्य विभाग प्रमुखमा सरुवा गरिएको स्रोतले बताएको छ ।

त्यस्तै एआईजी निरज शाहीलाई प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज प्रमुखमा र एआईजी सहकुल थापालाई अपराध अनुसन्धान विभागमा सरुवा गरिएको केसीले जनाए । उनका अनुसार एआईजी हरिबहादुर पाललाई महानगरीय प्रहरी कार्यालय रानी पोखरी प्रमुखका रूपमा थमौती गरिएको छ ।newsofnepal/from

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button