खबर

कोभिड खोप लिनेलाई निःशुल्क गाँजा वितरण

१८ भाद्र २०७८

वासिङ्टन, (एजेन्सी) ।

अमेरिकाको राजधानी वासिङ्टन डीसीस्थित कन्भेन्सन सेन्टरमा मंगलबार ‘जोस मिल्लर’ नामक एक अमेरिकीले कोभिड–१९ खोप लिइसकेपछि त्यहाँबाट निःशुल्क अलिकति गाँजा पनि लिएर हिँडे ।

गाँजा समर्थन गर्ने एउटा स्थानीय संस्थाको सहयोगमा मानिसहरूलाई कोभिड–१९ विरुद्ध खोप लगाउन प्रोत्साहित गर्ने उद्देश्यले वासिङ्टनवासीलाई यसरी खोप लगाइसकेपछि गाँजा बाँडेको हो । सो संस्थाका सदस्यहरूले वासिङ्टनको गाँजासम्बन्धी कानुन सुधार गर्न खोजिरहेका छन् ।

वाल्टर ई.वासिङ्टन कन्भेन्सन सेन्टर बाहिर मिल्लरले गाँजा भरिएको एउटा नली लिएपछि भनेका छन्, ‘म धेरै कारणवश यहाँ छु । एउटा मैले खोप लगाएँ । अर्को रमाइलोका लागि मैले निःशुल्क गाँजा पाएँ । मेरो ढाड बेस्सरी दुख्छ । यो तानेपछि मलाई राम्रो हुन्छ ।’

न्युयोर्कमा पनि मंगलबारकै दिन यस्तै प्रकारको कार्यक्रमको आयोजना गरिएको छ । अनौपचारिकरूपमा अप्रिल २० होलिडे अर्थात् ४-२० मनाउने क्रममा यो कार्यक्रम आयोजना गरिएको थियो ।

वासिङ्टन डीसीका मेयर मरियल बोजरलको कार्यालयले शहरको कुल जनसंख्याको ३० प्रतिशत अर्थात् ६ लाख ९२ हजारले पूर्ण वा आंशिकरूपमा कोभिड–१९ विरुद्ध खोप लगाइसकेको दाबी गरेको छ ।

मास्क लगाएर र सामाजिक दूरी पालना गरेर पारिलो घाममा लाइन बसी खोप लगाएका मिल्लरलगायत अन्य व्यक्तिले गाँजाको पात अंकित कपडाले छोपिएका टेबुलमा बसेर डीसी मारवाना जस्टिस नामक संस्थाका कार्यकर्ताहरूले वितरण गरेको गाँजा लिएका थिए ।
यस संस्थाका कार्यकर्ता एडम आइडिन्जरले भनेका छन्– ‘कोराना भाइरसविरुद्धको खोप लिने सिलसिलामा थुप्रै मानिसले विज्ञानलाई अस्वीकार गर्दैछन् ।

र, हामी यो भन्न चाहन्छौं कि, यदि तपाईंहरू गाँजा वैज्ञानिक आधारमा सुरक्षित रहेको मान्नुहुन्छ भने खोपलाई पनि तपाईंले विश्वास गर्नुपर्छ किनभने खोपलाई पनि चिकित्सकीय परीक्षणबाट वैज्ञानिकरूपमा सुरक्षित रहेको प्रमाणित गरिएको हो ।’

वासिङ्टनमा सन् २०१५ मा गाँजालाई मनोञ्जनका रूपमा प्रयोग गर्न वैधानिकता प्रदान गरिएको थियो ।

तर, त्यहाँ आफ्नो घरमा गाँजा उमार्न त सकिन्छ तर सार्वजनिकरूपमा किनबेच भने गर्न पाइँदैन । यही अड्चनलाई परिवर्तन गरिनुपर्ने माग डीसी मारवाना जस्टिसको रहेको छ ।newsofnepal/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button