
भदौ १८, २०७८
एजेन्सी – फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा स्पेन घरेलु टोली स्वीडेनसँग स्तब्ध हुदा युरोपेली च्याम्पियन इटाली बराबरीमा रोकिएको छ ।
स्पेनले एक गोलको अग्रता जोगाउन नसक्दा स्वीडेनसँग २–१ ले स्तब्ध बन्न पुगेको हो । स्पेनलाई स्तब्ध पार्न एलेक्सान्डर इसाक र भिक्टर क्लाइसनले गोल गरे । स्पेनका लागि कार्लाेस सोलेरको गोल सान्त्वना बन्यो ।
फ्रेन्ड्स एरिना सोल्नामा बिहीबार राति भएको खेलका पाँचौ मिनेटमा कार्लाेस सोलेरको गोलमा स्पेनको अग्रता लिएको थियो । उनले जोर्डी अल्वाको पासमा डेब्यु खेलमै डेब्यु गोल गर्न सफल भएका थिए ।
त्यसको एक मिनेटपछि नै एलेक्सान्डर इसाकले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । कप्तान सर्जियो बुस्क्वेट्स र सोलेरको समन्वय नमिल्दा इसाकले त्यसको फाइदा उठाउँदै एमेरिक लापोर्टा र गोलरक्षकलाई बिट गर्दै गाल गर्न सफल भए ।
५७औं मिनेटमा भिक्टर क्लाइसनले गोल गर्दै घरेलु टोलीलाई २–१ को अग्रता दिलाए । उनले डिजान कुलुसेभ्स्कीको पासमा गो गर्न सफल भएको थियो । खेलमा पछि परेपछि बल पोसेसन राख्दै लगातार दवाव बढाएपनि स्पेनले घरेलु टोलीको बलियो रक्षापङ्ति तोड्न नसक्दा स्पेन स्तब्ध बन्न पुग्यो ।
स्पेनले विश्वकप छनोटमा सन् १९९३ पछि हार बेहोरेको हो । स्पेनमाथिको जितसँगै स्वीडेन समूह ‘बी’ मा अपराजित रहँदै शीर्षस्थानमा उक्लिएको छ । स्वीडेनको ३ खेलबाट ९ अंक पुगेको छ । पराजित स्पेनको ४ खेलबाट ७ अंक छ ।
यही समूहको अर्काे खेलमा कोसोभोले विश्वकप छनोटमा पहिलो जित दर्ता गर्दा जर्जियालाई १–० ले पराजित गरेको छ । कोसोभोको जितमा भेडाट मुरिक्युको गोल निर्णायक बन्यो । यो जितसँगै कोसोभोले ३ खेलबाट ३ अंक जोडेको छ । पराजित जर्जिया १ अंकसहित पुछारमा छ । ग्रीस २ अंक जोडेर चौथो स्थानमा रहेको छ ।
यस्तै युरोपेली च्याम्पियन इटालीले एक गोलको अग्रता जोगाउन नसक्दा बुल्गेरियासँग १–१ गोलको बराबरी खेलेको छ । स्टेडियो आर्टेमियो फ्रान्ची इटालीमा बिहीबार राति भएको खेलको १६औं मिनेटमा फेडरिको चिइसाको गोलमा घरेलु टोलीले अग्रता लिएको थियो । ४०औं मिनेटमा इटानास लिभले बराबरी गोल फर्काए ।
दोस्रो हाफमा दुवै टोलीबाट गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो । यो बराबरीपछि समूह ‘सी’ मा अपराजित नै रहेको इटाली ४ खेलबाट १० अंक जोड्दै शीर्षस्थानमा यथावत रहेको छ । बुल्गेरिया २ अंक जोडेर चौथो स्थानमा छ ।
यही समूहको अर्काे खेलमा स्वीट्जरल्यान्डले ग्रीसमाथि २–१ को जित दर्ता गरेको छ । घरेलु मैदानमा स्वीट्जरल्यान्डको जितमा स्टिभन जुवेर र रुवेन धार्गसले गोल गरे । ग्रीसका इभान गेलेस पाभ्लिडिसले एक गोल फर्काए ।hamrokhelkud/from



