मूल खबर

एमालेबाट वामदेव गौतमले दिए राजीनामा

१८ भदौ २०७८
चौतारी पोष्ट अनलाइन
ललितपुर ब्यूरो ।
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन् । एमालेमा आफ्नो पृथक पहिचान बनाएकागौतमले शुक्रबार पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर एमालेका सबै पदबाट राजीनामा दिएको गौतमको स्वकीय सचिवालयले जानकारी दिएको छ ।

एमालेको नवौँ राष्ट्रिय महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित गौतम नेकपा एकीकरणपछि पनि गौतम उपाध्यक्ष बनेका थिए ।

पछिल्लो समयमा नेकपा विभाजनपछि दुवै पक्षमा नलागी गौतम एकता अभियान चलाइरहेका थिए । गौतमले एमाले अध्यक्ष केपी ओलीप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएको बताएका छन् ।गौतम माधव नेपाल नेतृत्वको नेकपा(एकिकृत समाजवादी)पार्टीमा जाने संभावना रहेको स्रोतले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button