सृजनाको चौतारी

शब्द सृजना

पराले झुप्रो पनि महल हुन्छ।
जब त्याहाँ सद्भाव सवल हुन्छ।
टरेर जान्छन् धेरै सङ्कटजब,
आपसमा घरमै छल्फल हुन्छ।
महलनै पनि बन्ने छ खण्डहर,
घृणा, जब अदलबदल हुन्छ।
स्थिती आउँछ छुट्टिने सम्मको,
छल्फलको सट्टा, जब छ्ल हुन्छ।
एक्लिदै जान्छ,सज्जन समाजमा,
जब जालीझेलीको दल्बल हुन्छ।
परोपकारी होस, बिचारधारा
नत्र,त्योफोहोर बग्ने ढल हुन्छ।
शान्ति भावले कर्म गरेनौ भने,
जता ततै रगतको भल हुन्छ।
ज्ञान र सृजना सीप भयो भने,
हेरौं त कति मीठो गजलू हुन्छ।
फेसबुकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button