मूल खबर

एमाले अध्यक्ष ओलीको जिल्ला झापामा एक वडा अध्यक्ष र एक कार्यपालिका सदस्य सहित ७ जना नेकपा(एकीकृत समाजबादीमा)

२२ भदौ २०७८
चौतारी पोष्ट अनलाइन
मेचीनगर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा एक वडा अध्यक्ष र एक कार्यपालिका सदस्य सहित ७ जना जनप्रतिनिधि एमाले परित्याग गरि नेकपा )एकीकृत समाजबादीमा) प्रवेश गरेका छन ।

चौतारी पोष्ट अनलाइनलाई प्राप्त जानकारी अनुसार झापाको शिवसताक्षी नगरपालिका वडा नंं ७ का वडाअध्यक्ष नविन इजम र मेचीनगर नगरपालिकाकी कार्यपालिका सदस्य लक्ष्मी पाख्रिन (थिङ) सहित ७ जना जनप्रतिनिधिले आज निर्वाचन कार्यालय झापामा पुगि सनाखत गरेको समाजबादी प्रेस संगठनका तीर्थ सिग्देलले चौतारी पोष्ट अनलाइनलाई बताए ।

समाजवादी रोजेर सनाखत गर्नेहरुमा वडा अध्यक्ष इजम र कार्यपालिका सदस्य पाख्रिन सहित झापा जिल्ला समन्वय समिति सदस्य पदम लिम्बु, झापा गाउँपालिका वडा सदस्य इश्वरी दाहाल, अर्जुनधारा नगरपालिका वडानम्बर ६ का वडासदस्य अर्जुन मेचे, अर्जुनधारा नगरपालिका ३ का वडासदस्य होम दुलाल र भद्रपुर नगरपालिका ९ का वडा सदस्य कुन्जा रुचाल रहेकाछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button