
२२ भदौ २०७८
चौतारी पोष्ट अनलाइन
धुलाबारी । एमसीसी खारेजीको माग गर्दै आज झापाको धुलाबारीमा पर्चा वितरण गरिएको छ । राष्ट्रवादी समाज नेपालका स्थानीय कार्यकर्ताहरुले आज दिउँसो धुलाबारी बजारमा एमसीसी खारेजी किन ? लेखिएको पर्चा सर्वसाधारणलाई वितरण गरेका थिए । राष्ट्रवादी समाज नेपालका कार्यकर्ता गीरीराजमणी पौडेलका अनुसार केन्द्रीय कार्यक्रम अनुसार आज पर्चा वितरण गरिएको बताए । पौडेलले एमसीसी केहो ? भनेर आम जनतालाई थोरै भएपनि सचेत बनाउनका लागि पर्चा वितरण गरिएको बताए ।




