२०७८, भदौ २२
काठमाडौँ, २२ भदौ । नेकपा माओवादी केन्द्रको युवा संगठन योग कम्युनिष्ट लीग (वाईसीएल) को नेतृत्व चयनको विवाद टुङ्गिएको छ। आज बसेको वाईसीएलको पहिलो पूर्ण बैठकले नेतृत्व चयनको विषय टुङ्ग्याएको हो ।
वाईसीएलेको पहिलो राष्ट्रिय सम्मेलनबाट अध्यक्षको दाबीमा उम्मेदवारहरुबीच सहमति नभएपछि सम्मेलन स्थगित भएको थियो । नेतृत्व लिने विषयमा विवाद भएपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आफैले उक्त विवाद समाधानको जिम्मा लिएका थिए ।
तर, अध्यक्ष प्रचण्डले पनि वाईसीएलको नेतृत्व टुङ्ग्याउन नसकेपछि वाईसिएल केन्द्रीय समितिलाई आयोजक समितिमा परिणत गरेर संयोजक र सहसंयोजक बनाएर विवाद टुङ्ग्याएका हुन् ।
वाइसीएल केन्द्रीय समितिलाई राष्ट्रिय आयोजक समितिमा परिण गरेर संयोजक सुमन देवकोटा र सहसंयोजक सुबोध सेर्पालीलाई जिम्मेवारी दिँदै विवाद समाधान गरिएको छ ।
राष्ट्रिय आयोजक समितिले आगामी फागुनभित्र दोस्रो राष्ट्रिय सम्मेलन गर्ने जिम्मेवारी पाएको छ । यसअघि देवकोटा उपाध्यक्ष र सेर्पाली महासचिव रहेका थिए ।झिल्को डटकम



