
काठमाडौं, २२ भदौ । नेकपा माओवादी केन्द्रका अध्यष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी पास नहुने बताएका छन् ।
मंगलबार योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) को पहिलो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले एमसीसी पास नहुने घोषणा गरेका हुन् ।
कार्यक्रमा प्रचण्डले भने, ‘एमसीसी पास हुँदैन । हामीले यसबारे अमेरिकालाई कुटनीतिक नोट पठाएका छौँ, त्यसको जवाफ आएन । जवाफ नआएपछि एमसीसी पास हुने कुरा हुँदैन ।’
‘ढुक्क हुनुस् राष्ट्र र राष्ट्रियतामाथि प्रश्न उठ्ने कुरामा माओवादी केन्द्रले सहमति जनाउँदैन’ प्रचण्डको भनाइ उदृत गर्दै स्रोतले भन्यो ।झिल्को डटकम



