स्वास्थ्य

थप १ हजार १४६ जनामा कोरोना सङ्क्रमण , २१ को मृत्यु

२५ भदौ, २०७८
काठमाडौं – पछिल्लो २४ घण्टामा थप १ हजार १४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार गत २४ घण्टामा १० हजार ९१६ जनाको एन्टीजेन र पिसिआर परीक्षण गर्दा १ हजार १४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या २७ हजार ९५८ रहेको छ ।पछिल्लो २४ घन्टामा कोरोना संक्रमणकै कारण थप २१ जनाको मृत्यु भएको छ । हालसम्म देशभर कुल १० हजार ९२४ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ।

 

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button