कृषि र किसान

फलफूलको रानी म्याङ्गोस्टीन खानुका यस्ता छन् फाईदा

बबि बस्नेत

म्याङ्गोस्टीन एक फल हो।यसको वैज्ञानिक नाम गार्सीनिया म्याङ्गोस्टाना हो।यो फलको स्वाद खट्टा(मीठो हुन्छ।यो उष्ण क्षेत्रमा पाईने फलफुल हो।यो फलको उत्पत्ति दक्षिणपुर्वी एसीयामा भएको हो।म्याङ्गोस्टीन फललाई फलफुलको रानी पनि भनिन्छ।यो बैजनी रंगको हुन्छ।यसको नाम देश अनुसार फरक भए पनि नेपालमा भने यो फल अमृत फल भनेर चिनिन्छ।म्याङ्गोस्टीन जताततै पाईदैन।यो एक मौसमी फल हो र गर्मीमा मात्र उपलब्ध हुन्छ।त्यसैले यसको उपलब्धता धेरै सीमित छ।यसलाई विशेष एशियाका बजारहरुबाट किन्न सक्नुहुन्छ।यो प्लास्टिक एवं डिब्बामा बन्द गरेर बेच्न राखिएको हुन्छ।नेपालमा भने यसको व्यवसायीक खेती गरेको पाईदैन।यसको बोक्रा गाढा बैजनी रंगको हुन्छ।यस फलको बोक्रा चक्कुले सजीलै हटाउन सकिन्छ र भित्रको सेतो र रसदार गुदी उपभोग गर्न सकिन्छ।


खाद्य तथा कृषि संगठनले सन् २०११ मा प्रकाशित गरेको कमिटि अन कमोडिटि प्रोबोलम्को जर्नल अनुसार विश्वमा म्याङ्गोस्टीन सबैभन्दा बढि उत्पादन र निर्यात गर्ने राष्ट्र थाईल्याण्ड थियो।तर हालसालैको सर्वेक्षण हेर्ने हो भने म्याङ्गोस्टीन सबैभन्दा बढि उत्पादन गर्ने राष्ट्र भारत हो भने निर्यात गर्ने राष्ट्र थाईल्याण्ड र आयात गर्न राष्ट्र चिन हो।
म्याङ्गोस्टीन स्वादमा जति मीठो र खट्टा छ, पोषक तत्वहरुमा पनि त्यत्तिकै धनी छ।म्याङ्गोस्टीनमा मानव शरीरलाई चाहिने प्रचुर मात्रमा क्यालोरि, प्रोटिन, भिटामिन सी, भिटामिन बि, म्यागनिसिएम, फाईबर, क्यालसियम, कपर र अन्य धेरै पोषक तत्व पाईन्छन्।स्वास्थ्यको लागी धेरैनै लाभदायक भएकोले यो फललाई अमृत फल पनि भनिन्छ।यो फलको धेरै देशमा माग रहदै आएको छ।म्याङ्गोस्टीनको महत्वको बारेमा धेरै वैज्ञानिक अनुसन्धानहरु भएका छन्।यी अनुसन्धानबाट म्याङ्गोस्टीन स्वास्थ्यको लागि लाभदायक हुने कुरा प्रमाणित भइसकेको छ।एक अध्ययनका अनुसार १९६ ग्राम म्याङ्गोस्टीनमा पाईने पोषक तत्व र खनिज पदार्थ यस प्रकारको छ।

क्यालोरी (१४३ ग्राम)
प्रोटिन (१ ग्राम)
चिल्लो (१ ग्राम)
फाईबर(३ मिलिग्राम)
भिटामिन सी९(आर डि आई)प्रतिशत
फोलेट १५ (आर डि आइ)प्रतिशत
थाईमिन ७( आर डि आई) प्रतिशत
राईबोफ्लाभिन६ (आर डि आइर्) प्रतिशत
कपर ७ (आर डि आई)प्रतिशत
म्याग्नेसियम ६ (आर डि आई) प्रतिशत

म्याङ्गोस्टीनमा प्रचुर मात्रामा एन्टिअक्सिडेन्ट पाईने भएकोले डिएनएलाई क्षेति गर्ने “फ्रि” रेडिकल हटाउने काम एन्टिअक्सिडेन्टले गर्दछ।त्यस्तै फाईबरको मात्रा पनि प्रशस्त हुने हुदाँ आन्द्रामा हुने घाउ कम गर्नुमा साथै क्यान्सर बाट पनि बचाउँछ।भिटामिन सी प्रचुर मात्रामा पाईने भएकाले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै रुघाखोकी र दमबाट पनि बचाउँछ।

म्याङ्गोस्टीनमा फाईबरको मात्रा प्रशस्त हुने हुदाँ यसले रेचक औषधिको काम गर्ने गर्दछ।म्याङ्गोस्टीनको सेवन गर्दा सानो आन्द्राको पानि राख्ने क्षमता बढ्छ जसले गर्दा नरम दिशा बनेर कब्जियत कम गर्न सहयोग पुर्याउँछ।

म्याङ्गोस्टीनमा टेनिन र ज्यानथोन पाइने हुनाले शरिर भित्र रहेका हानिकारक जिवाणु र विषाणुलाई शरिर बाहिर निकालि स्वस्थ बनाउन मद्दत पुर्याउछ। म्याङ्गोस्टीनमा टेनिनको मात्र पर्याप्त हुने भएकोले पखालाको ‍अचुक औषिधि पनि हो।यसमा एण्टीबायोटिक, जीवाणुरोधी गुणहुने भएकाले पिसाब र छालाको संक्रमण कम गर्ने, घाउ, क्षयरोग, क्यान्सर, गाठागुठी आउने र अन्य समस्याहरुको उपचारमा उपयोगी छ।
म्याङ्गोस्टीन सेवन मधुमेहका बिरामीको लागि फाइदाजनक मानिन्छ।यसमा पाईने ज्यानथोनले रगतमा चिनीको मात्रा सन्तुलित राख्छ र मधुमेह नियन्त्रण गर्नको लागी शरीरको क्षमता बढाउँछ।

फाइबर र अन्य पोषक तत्वका कारण वजन घटाउन म्याङ्गोस्टीन राम्रो विकल्प हो।नियमित म्याङ्गोस्टीनको सेवनले पाचनतन्त्रलाई स्वस्थ्य राख्ने र भोकलाई नियन्त्रित गर्ने गर्छ।यसो हुँदा पटक पटक भोजन गर्ने आवश्यकता रहँदैन।यसबाट हाम्रो तौललाई समेत नियन्त्रणमा राख्न सकिन्छ ।

दैनिक एक दुई वटा म्याङ्गोस्टीनको सेवनले अनुहारमा आउने घाउ खटिरा डण्डिफोर जस्ता समस्या लाई कम गरी स्वस्थ र चम्किलो छाला बनाउन सहयोग गर्छ।

यस्ता अनेकौ फाईदा भएको म्याङ्गोस्टीनको व्यवसायिक खेति भने नेपालमा हुन सकेको छैन।यो फल हाम्रो लागी नौलो भए पनि यसको खेति प्रविधि सम्बन्धि अध्ययन अनुसन्धान गरी नेपालमा पनि व्यवसायिक रुपमा खेति गर्न सके राम्रो हुन्थ्यो।सरकारले यस फलको खेतिका लागी नितिगत कार्यक्रम ल्याएर यसको अध्यधन अनुसन्धानमा जोड दिए अन्य फलहरु जस्तै अमृत फलको व्यवसायिक खेति पनि नेपालमा सम्भव देखिने थियो की?कृषि ज्ञान केन्द्र सोलुखुम्बु

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button