‘समाचार र विचारको
साझा चौतारी’






एमसीसीको बिरोधमा झापाको काँकरभिट्टामा प्रदर्शन, प्रदर्शनकारीले प्रधानमन्त्री देउवाको पुत्ला जलाए


२८ भदौ २०७८
चौतारी पोष्ट अनलाइन

काँकरभिट्टा । आम रुपमा चर्चामा रहेको अमेरिकी सहयोग नियोग एमसीसी विरुद्धआज झापाको काँकरभिट्टामा विरोध प्रदर्शन भएको छ । प्रदर्शनकारीले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला समेत जलाएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी मेचीनगर समितिलगायत उस्को भातृ संगठनहरु राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन, महिला संगठन र राष्ट्रियवादी समाज नेपाल केन्द्रिय कार्यालय झापाले एमसीसी सम्बन्धी सम्झौता अघि नबढाउन दबाब दिँदै नेपालको पूर्वी नाका झापाको काँकरभिट्टामा प्रदर्शन गरेका हुन् । मेचीनगर ६ मा रहेको भट्टराई चोकबाट अपरान्ह ४ बजे राष्ट्रिय स्वाभिमानको रक्षा गरौँ, राष्ट्रघाती एमसीसी खारेज गर, राष्ट्रघाती एमसीसी नेपालको हितमा छैन, ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन, राष्ट्रघाती एमसीसी खारेज गर’ जस्ता नाराहरूलगाउँदै र्यालीले काँकरभिट्टा बजारको मुख्यः मुख्य भागको परिक्रमा गरी बसपार्कमा आएर कोणसभामा परिणत भएको थियो ।

सार्वभौमसत्ता सम्पन्न जनप्रतिनिधिमूलक संस्थाबाट एमसीसी पारित गरिनु नेपाल र नेपालीका लागि घातक भएको भन्दै कोणसभाका वक्ताहरुले यसको विरोध गरेका थिए ।

कोणसभालाई राष्ट्रिय प्रजातन्त्र पार्टी मेचीनगर समिति अध्यक्ष सविना बजगाईँ विर्तामाड अध्यक्ष रञ्जु प्याकुरेल, गिरिराजमणि पौडेललगायतका वक्ताहरुले सम्बोधन गरेका थिए । नेपाल तथा सशस्त्र प्रहरीको बाक्लो उपस्थिती रहे पनि प्रदर्शनकारीले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेका थिए । सो पुत्ला जलाउने क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच ठेलाठेल भएको थियो । पुत्ला लिएर भाग्दैं गर्दा प्रदर्शनकारीलाई प्रहरीले लखेटीलखेटी पुत्ला नियन्त्रणमा लिन खोजेको थियो । पुत्ला निभाउन प्रहरीलाई हम्मे हम्मे परेको थियो ।

एमसीसीका बारेमा परस्पर विरोधी मत रहेका बेला आयोजनाका बारेमा जानकारी लिने उद्देश्यका साथ एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन बु्रक्स सहितको टोली नेपाल आएको मौका पारेर नेपालको पूर्वीनाकामा प्रदर्शन गरिएको राप्रपा मेचीनगरका अध्यक्ष सबिना बजगाईँले बताइन।

(भिडियो हेर्नु होस)

50% LikesVS
50% Dislikes

प्रतिकृया दिनुहोस्