खबर

कांग्रेस अधिवेशनः महामन्त्रीका दुई दाबेदार शीर्ष नेताको साथ खोज्दै

२९ भाद्र २०७८
न्युज अफ नेपाल, काठमाडौं ।

प्रमुख सत्तासिनदल नेपाली काग्रेसको तल्लो तहको अधिवेशन प्रक्रिया शुरु भइरहेको छ । मंसिर ९–१३ गते १४औं महाधिवेशन गर्न लागेको यो पार्टी भित्र नेतृत्वको दाबी गर्दै उमेद्वारी घोषणा गर्ने क्रम पनि जारी छ । यसै सन्दर्भमा काग्रेसका चर्चित दुई नेता गगन थापा र विश्वप्रकाश शर्माले महामन्त्रीको लागि उमेद्वारी दिने घोषणा गरेका छन् ।

महामन्त्रीका दाबेदार थापा १३औं महाधिवेशनमा पनि उमेद्वार बनेका नेता हुन भने शर्मा पार्टी प्रवक्ताको जिम्मेवारी सम्हालिरहेका नेता हुन । सभापतिका आकाक्षीहरुले जित्ने रणनीतिका साथ महाधिवेशनमा प्यानल सहित नेतृत्व दाबी गर्ने कसरत गरिरहेको बेला महामन्त्रीको उमेद्वारी घोषणा गरको यी दुवै नेताले अहिले शीर्ष नेताहरुको साथ खोजिरहेका छन् ।

गत महाधिवेशन जस्तै यो महाधिवेशनमा पनि गुटगत रुपमा प्यानल निर्माण गरि नेतृत्व हत्याउन नेताहरु अघि बढ्ने निश्चित छ । सभापति शेरवहादुर देउवा पुनः नेतृत्वमा दोहोर्‍याउने रणनीतिका निर्माणको गृहकार्य गरिरहनु भएको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष पनि छुट्टै प्यानलका साथ महाधिवेशनमा नेतृत्व दाबी गर्न अघि बढ्दै छन् । १३औं महाधिवेशनमा सभापतिको उमेद्वारी दिएका अर्का नेता कृष्णप्रसाद सिटौलाले पनि आफ्नो गुटलाई थप मजवुत बनाउन वडा अधिवेशन देखिनै गृहकार्य गरिरहनु भएको छ। उपसभापति समेत रहेका विमलेन्द्र निधिले सभापतिको उमेद्वार घोषणा गरि सम्पर्क कार्यलय खोलेरै प्यानल निर्माणको गृहकार्य गरिरहनु भएको छ ।

महाधिवेशन प्रक्रिया अघि बढेसंगै नेताहरुले गुट/उपगुटलाई वडा तहसम्म मजवुत बनाउने प्रयास गरिरहेको सन्दर्भमा महामन्त्रीमा उमेद्वारी दिने घोषणा गरेका थापा र शर्मा कुन गुटको प्यानलमा पर्ने हो भन्ने कुराले काग्रेस भित्र अहिले चर्चाको विषय बनेको छ । यस अघि सिटौला गुटबाट महामन्त्रीको उमेद्वारी दिएका थिए । सिटौला १४औं महाधिवेशनमा देउवा प्यानलमा जाने सम्भावना छ । थापा भने पौडेल पक्षसंग नजिकिदै छ । पौडेल प्यानलको महामन्त्रीको उमेद्वार बन्ने रणनीतिमा लाग्नु भएका थापाले सिटौलालाई पनि पौडेल पक्षमा ल्याउने प्रयत्न गरिरहेको बताइन्छ ।

यता देउवा पक्षमा रहेका प्रवक्ता शर्मालाई भने सभापतिको दावेदार निधिले आफ्नो प्यानलको उमेद्वार बनाउने रणनीति गरिरहनु भएको छ । शर्माले महामन्त्रीको उमेद्वारी घोषणा गर्ने क्रममा सबै शीर्ष नेताहरुलाई जानकारी गराएको बताउदै पनि प्यानल बनाउने काम महामन्त्रीको नभै सभापतिको उमेद्वारको भएको जनाउनु भएको थियो । देउवा निकट स्रोतले जानकारी गराए अनुसार प्रवक्ता शर्माले महामन्त्रीको उमेद्वारी घोषणा गर्ने कुरा जानकारी गराउदा सभापति देउवा मौन बस्नु भएको थियो ।

शीर्ष नेताहरु महाधिवेशनमा प्यानल सहित नेतृत्वको दाबी गर्ने रणनीतिका साथ अघि बढेसँगै काग्रेस भित्रको गुट उपगुट गाउ तहसम्म पुगेको छ । काग्रेसको वडा तहमा नेतृत्व दावी गर्ने नेताहरुपनि गुट उपगुटको विल्ला भिर्दै यो समुह र त्यो समुहको प्यानन तय गरेको पाइन्छ । गुट उपगुट मजवुत बनाउदै केन्द्रय नेताहरुले पनि वडा अधिवेशनमाा क्षेत्रिय प्रतिनिधि छनौट देखि नै आफ्नो पक्कड जमाउन थालेका छन् । केन्द्रिय नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधि वडा बाट चुनिएर आएका क्षेत्रिय प्रतिनिधिले नै छनौट गर्ने भएकोले नेताहरुले वडा तहसम्म आफ्नो गुट उपगुट विस्तार गरेका हुन ।

महाधिवेशनमा पौडेल समुह भित्रबाट एउटैमात्र सभापतिको उमेद्वार भएमा नेतृत्वमा तीन प्यानल बन्ने काग्रेसका एक केन्द्रिय सदस्य बताउछन् । सिटौला भने देउवाको उपसभापति बन्ने गरि अहिले छलफल भैरहेको सिटौला निकट एक नेताले बताएका छन् । सिटौला समुहमा भिमसेनदास प्रधान, शिव हुमागाईं, उमाकान्त चौधरी ,प्रदिप पौडेल लगाएत चर्चित नेताहरु छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button