मूल खबर

संसद् बैठक पुनः अवरुद्ध, अर्को बैठक असोज ४ मा

२९ भाद्र २०७८
न्युज अफ नेपाल, काठमाडौं ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठक पनि प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी एमालेको अवरोधका कारण स्थगित भएको छ । प्रतिनिधिसभाको अर्को बैठक आगामी असोज ४ गते लागि बोलाइएको छ ।

एमालेले प्रतिनिधिसभा बैठकमा लगातार अवरोध गरे पनि सरकारले प्रतिस्थापन विधेयकमार्फत ल्याएको बेजटमाथिको छलफल सुरु भएको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले राखेको विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ ।

एमाले सांसदहरुले नाराबाजी गरिरहे पनि सभामुख अग्नि सापकोटाले बैठक अगाडि बढाउँदै अर्थमन्त्री शर्मालाई प्रस्ताव पेश गर्न समय दिएका थिए । मर्यादापालकको सुरक्षामा रोष्टममा पुगेर अर्थमन्त्री शर्माले प्रस्ताव पेश गरे ।

ध्वनी मतले सो प्रस्ताव पारित भएपछि बैठक अर्को कार्यसूचीमा प्रवेश गरियाे । दुईजना पूर्व सांसदहरु रुक्म शमशेर राणा र मानबहादुर महतोको निधनमा शोक प्रस्ताव पारितपछि मंगलबारको बैठक सकिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button