खबर

सौखिन अन्तरिक्ष यात्री एट्लान्टिक महासागरमा ओर्लिए

४ आश्विन २०७८
लसएन्जेल्स,(एजेन्सी) ।

तीन दिन लामो अन्तरिक्षको बसाईपछि चारजना सौखिन अन्तरक्षयात्रीले एटलान्टिक महासागरमा सफल अवतरण गरेका छन् । तिनीहरू पृथ्वीको कक्षमा पुग्ने पहिलो सम्पूर्ण सर्वसाधारण नागरिक सरकारी निजामती फ्लोरिडाबाट स्पेस एक्स क्याप्सुलमा बसेर अन्तरिक्षतर्फ प्रस्थान गरेका थिए । अमेरिका स्थानीय समयअनुसार तिनीहरू शनिबार साँझ ७ बजे सो महासागरको तटमा अवतरित हुन सफल भएका थिए ।

चारवटा प्यारासुटमार्फत पानीमा अवतरण हुनासाथ तिनीहरूलाई स्पेस एक्स बोटले सहयोग गरेका थिए ।

दि इन्सपिरेसन ४ टोलीको नेतृत्व अर्बपति था ई–कमर्स फर्म सिफ्ट ४ पेमेनट्स कर्पोरसनका प्रमुख कार्यकारिणी अधिकारी जारेड आइज्याम्यानले नेतृत्व गरेका हुन् । टाइम पत्रिकाका अनुसार उनले क्रु ड्रागनको चारैवटा सिट बुक गर्न अर्का अर्बपति एलोन मस्कलाई करिब २० करोड अमेरिकी डलर बुझाएका थिए ।

यस यात्रामा आइज्याक म्यानलाई भू–वैज्ञानिक तथा नासामा अन्तरिक्ष यात्राका लागि विगतमा आवेदन दिएका ५१ वर्षीय सियान प्रोक्टर, चिकित्सा सहायक तथा बाल्यकालमै बोन क्यान्सर पीडित भएर बााचन सफल २९ वर्षीय हेली आर्सेनियक्स तथा ४२ वर्षीय एरोस्पेस डाटा इन्जिनियर तथा एयर फोर्स भेटरान क्रिस सेम्ब्रोस्की रहेका छन् ।newsofnepal/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button