मूल खबर

नेकपा (एस) को स्थायी र केन्द्रीय समिति बैठक बस्दै

४ आश्विन २०७८

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीलाई पूर्णता दिन र ७७ जिल्लामा पार्टी इन्चार्ज तोक्नका लागि स्थायी कमिटी बैठक र केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

आज पार्टी स्थायी कमिटी बैठक पार्टी मुख्यालय तीनकुने र केन्द्रीय कमिटी बैठक मंगलबार क्वालिटी ब्याङ्क्वेट बुद्धनगरमा बोलाइएको केन्द्रीय सदस्य गरिमा शाहले जानकारी दिइन् । नेकपा एमालेबाट छुट्टिएपछि नेकपा (एस) को पहिलो केन्द्रीय कमिटी बैठक बस्न थालेको हो ।

उनका अनुसार दुवै बैठक पार्टीको सांगठनिक एकतामा केन्द्रित हुनेछन् । स्थायी कमिटीले पारित गरेका प्रस्तावहरुलाई केन्द्रीय कमिटीमा पेस गरिनेछ ।

उनले स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी विस्तार र ७७ जिल्लामा इन्चार्ज तोकेर केन्द्रीय कमिटीमा अनुमोदनका लागि प्रस्ताव पेस गर्ने बताइन् । त्यस्तै, बैठकले सातवटै प्रदेशमा प्रदेश कमिटी निर्माण गर्दै प्रदेश अध्यक्षसमेत बनाउने एजेण्डा छ ।

नेकपा (एस) मा २५१ केन्द्रीय कमिटी बनाउने भनिएकामा अहिले ११५ जना रहेका छन् । १३६ जना केन्द्रीय सदस्य मनोनीत गरेर कमिटीलाई पूर्णता दिइने बताइएको छ ।

यसैगरी बैठकले आगामी २० असोजमा हुने राष्ट्रिय सम्मेलनका लागि राजनीतिक प्रस्तावमाथि छलफल गर्ने केन्द्रीय सदस्य मेटमणि चौधरीले बताए । उनका अनुसार बैठकमा पार्टीको तीन महिने सांगठनिक कार्ययोजना बनाउने एजेण्डासमेत तय भएको छ । Ratopati News\from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button