खबर

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन पोखरामा सुरु

६ असोज । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को २२ औं राष्ट्रिय सम्मेलन पोखरामा सुरु भएको छ।

सम्मेलनको उद्घाटन पार्टीका महासचिव विप्लवले गरेका हुन्। सम्मेलनको उद्घाटन कार्यक्रममा पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लगायतको उपस्थिति रहेको छ।

सम्मेलनको उद्घाटन पूर्व अखिल क्रान्तिकारीका कार्यकर्ताहरुले पोखरामा र्‍यालीको आयोजना गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button