मूल खबर

अमेरिका जान लागेका परराष्ट्रमन्त्री खड्का भन्छन्-‘एमसीसी प्राथमिकतामा छैन’

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री डा.नारायण खड्काले आफ्नो अमेरिकाको भ्रमणमा एमसीसी परियोजना प्राथमिकतामा नरहेको स्पष्ट पारेका छन।

बिहिबार राष्ट्रपतिबाट मन्त्रीको सपथ लिएपछि पदभार ग्रहण गरेका खड्काले सञ्चारकर्मीहरुसँग आफू एमसीसीका लागि मात्र अमेरिका जान नलागको बताए।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क तर्फ जान लागेको उनले स्पष्ट पारेका हुन। एमसीसीको बारेमा सिर्जना भएका मिथ्या कुरालाई ध्यानमा राखेर राष्ट्रिय हित, सार्वभौमसत्ता र सुरक्षालाई ध्यानमा राखेर अघि बढ्ने उनको भनाइ छ।

उनले आफू अमेरिकाबाट फर्केपछि राजदूत नियुक्ति गर्ने बताएका छन्। मन्त्रिपरिषद् बैठकले केपी शर्मा अ‍ोलीको सरकारले नियुक्त गरेका सबै राजदूत फिर्ता बोलाउने निर्णय गरिसकेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button