खबरभिडियो चौतारी

बाहुण्डाँगीमा बन्ने भयो ४लाख ५०हजार घन मिटरको ओभर हेड टं्याकी (भिडियो र फोटो पनि)

२१ असोज २०७८
चौतारी पोष्ट अनलाइन
काँकरभिट्टा । झापाको मेचीनगर नगरपालिका ४लाख   ५०हजार घन मिटर क्षमता भएको खानेपानीको टं्याकी निमार्ण हुने भएको छ ।
मेचीनगर नगरपालिका वडा नं ४ मा निमार्ण हुने सो टं्याकीको आज एक कार्यक्रमका बीच शिलान्यास गरियो । मेचीनगर सहलगानी खानेपानी तथा सरसफाइ आयोजना अन्तरगत काँकरभिट्टा खानेपानी स्किमको उक्त घन मिटरको टं्याकी निमार्ण गरिने भएको हो।
हिन्दू परम्परा अनुसार पाठ पूजा सहित टं्याकीको शिलान्यास गरिएको थियो । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष राजकुमार पराजुलीको सभापतित्वमा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका मेयर बिमल आचार्य रहेका थिए भने विशिष्ठ अतिथि उप मेयर मिना पोखरेल (उप्रेती) रहेकी थिइन् ।

कार्यक्रममा जग्गादाता टेकबहादुर कार्की,डम्बर कार्की, छिमेकी वडाका जनप्रतिनिधि सोही वडाका अध्यक्ष नविन बराल, तिलक न्यौपाने, हर्क बस्नेत, अजय घिमिरे,सनत अधिकारी, रमेश दाहाल, दिपक बराल लगायतको उपस्थिति रहेको थियो । शिलान्यास कार्यक्रममा काँकरभिट्टा खानेपानीका कार्य समिति सदस्य, कर्मचारी लगायत स्थानीयको समेत उपस्थिति रहेको थियो । सो कार्यक्रमको संचालन संस्थाका सचिव दिलिप सुब्बाले गरेका थिए ।


शिलान्यास कार्यक्रममा मेयर बिमल आचार्यले भने —

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button