मूल खबर

मेचीनगरमा नेकपा( एकीकृत समाजवादी)को नगर कमिटी घोषणा, पौडेल बने अध्यक्ष

२१ असोज २०७८
चौतारी पोष्ट अनलाइन
मेचीनगर । नेकपा (एकीकृत समाजवादी)मेचीनगर कमिटी गठन आज भएको छ ।

मेचीनगरको ईटाभट्टामा भेलाले अर्जुन पौडेलको अध्यक्षतामा ५१ सदस्यीय कमिटी गठन गरेको छ । यसअघि एमालेको क्षेत्रीय अध्यक्ष, नेकपाको जिल्ला कमिटी सदस्य रहिसकेका पुराना नेता पौडेल विद्यार्थी कालदेखि नै झापाका चर्चित वाम कार्यकर्ता हुन् ।
सो पार्टीको उपाध्यक्षमा चेतराज बिष्ट (चेतन), बिमला देवकोटा, र नारायण भट्टराई र सचिवमा हरि तिम्सिना चयन भएका छन् । कमिटीको उपसचिवमा हेमन्त नेपाल चयन भएका छन् ।

युवासंघ नेपाल मेचीनगर कमिटी पनि बनेको पार्टीका युवा नेता दुर्लभ परासरले जानकारी दिए । उनका अनुसार युवा संघ अध्यक्षमा पुस्कर बस्नेत, सचिवमा कृष्ण राजवंशी र उपसचिवमा तुलसा कट्टेल चयन भएका छन् । युवा संघ पनि ५१ सदस्यीय छ । कार्यक्रममा पुराना वामपन्थी नेता ताराराज ओली,लोकबन्धु कन्दङ्गवा, गोपी गिरी, शारदा शर्मा, शुभद्रा भट्टराई, सविता भण्डारी, निलमणी बराल, विष्णुमायाँ पाठक लगायत समाजवादीका जिल्ला अध्यक्ष बेदराज रेग्मी लगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button