कृषि र किसान

बेमाैसमी वर्षाले तीन प्रदेशमा दुई लाख ५८ हजार मेट्रिकटन धान नष्ट

काठमाडौं ,कात्तिक ६, २०७८
आइतबारदेखि परेको अविरल बर्षाका कारण धानबालीमा परेको क्षतिबारे प्ररम्भिक विवरण आउन थालेका छन् । हालसम्म प्राप्त विवरणमा तीन वटा प्रदेशमा मात्रै सात अर्ब २२ करोड रुपैयाँ बराबरको धानबाली नष्ट भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले दिएको जानकारी अनुसार सुदूरपश्चिम,लुम्बिनी र प्रदेश १ बाट प्राप्त प्रारम्भिक विवरण अनुसार उक्त क्षति भएको हो ।

यी तीन प्रदेशमा ६७ हजार ९१९ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा बाढी र बर्षाले क्षति पु(याएको संजेलले बताउनुभयो । बर्षाका कारण एक लाख ९८ हजार ५२१ हेक्टर क्षेत्रफलमा लगाईएको धानबालीमा असर मात्र परेको छ ।

दुई लाख ५८ हजार ९२ मेट्रिकटन धान बर्षातका कारण क्षति भएको प्रारम्भिक अनुमान रहेको सञ्जेलले बताए । अनुमानित विवरणमा लुम्बिनी प्रदेशका बाँके ,बर्दिया,कपिलबस्तु र रुपन्देही, सुदूरपश्चिम प्रदेशका कैलालि र कञ्चनपुर तथा प्रदेश १ का झापा मोरङ् र सुनसरी छन् ।

जसमध्ये लुम्बिनी प्रदेशका चार जिल्लामा बर्षातको असर धेरै परेको देखिएको छ । यो प्रदेशमा ४२ हजार ४२७ हेक्टर क्षेत्रफलमा लगाइएको धानमा क्षति पुगेको छ भने प्रदेशभर चार अर्ब ५१ करोड रुपैयाँभन्दा धेरै मूल्यको एक लाख ६१ हजार २२३ मेट्रिकटन धानमा बर्षाले क्षति पुर्याएको छ ।

सुदूरपश्चिमका दुई जिल्लामा १८ हजार हेक्टर क्षेत्रफलमा लगाईएको धानमा क्षति पुगेको छ । प्रदेशभर एक अर्ब ९१ करोड रुपैँयाभन्दा धेरै मुल्यको ६८ हजार चार सय मेट्रिकटन धानमा बर्षाले क्षति पुर्याएको छ ।गोरखापत्र दैनिकमा छ ।

यस्तै प्रदेश १ का तीन जिल्लामा सात हजार ४९२ हेक्टर क्षेत्रफलमा लगाइएको धानमा क्षति पुगेको छ । प्रदेशभर ८० करोड रुपैँया बढीको २८ हजार ४६९ मेट्रिक टन धानमा बर्षाले क्षति पुर्याएको मन्त्रालयले जनाएको छ ।

बर्षका कारण सात वटै प्रदेशमा क्षति पुगेको र अन्य सबै प्रदेशहरुबाट पनि क्षतिको अनुमानित विवरण माग गरिएकाले प्रभावित क्षेत्र र क्षतिको विवरण अझै बढ्न सक्ने प्रवक्ता संजेलले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button