कला

एमालेको १० औँ महाधिवेशन उद्घाटन समारोहमा नेपाली लोकबाजाहरूको आर्केष्टा गुञ्जिने !

काठमाडौं,
मंसिर १० गते शुक्रबार नेकपा एमालेको १० औँ महाधिवेशन उद्घाटन समारोहमा लोकबाजाहरूको आर्केष्टा गुञ्जयमान हुने भएको हो। राष्ट्रिय जनसांस्कृतिक महासंघद्वारा प्रस्तुत गरिने बृहत् सांस्कृतिक कार्यक्रममा नेपालमै पहिलो पटक नेपाली परम्परागत लोकबाजाहरूको आर्केष्टा प्रस्तुत गरिन लागिएको हो ।

सङ्गीतकार तथा सङ्गीत संयोजक प्राज्ञ अशोककुमार राईको सङ्गीत संयोजन तथा निर्देशनमा प्रस्तुत गरिने लोकबाजाहरूको आर्केष्टामा एकै पटक ७२ जनाभन्दा बढी कलाकारले लोकबाजा बजाउने छन् । लोकबाजा आर्केष्टामा मादल, च्याब्रुङ, ढोल, खैँजडी, धिमे, डम्फु, दमाहा, ट्याम्कुली, खिं, ढोलक, ढ्याङ्ग्रो, झ्याम्टा, घण्टी, ढोलक, शंख र टिन्छु समावेश गरिने छ। यसै गरी सारङ्गी, टुङ्ना, बाँसुरी, सनाई, गिटार अकिष्टिक, एकर्डियन, नरसिङ्गा, मेन्डोलियन, बेश गिटार, मुर्चुङ्गा, बिनायो लगायतका बाजा समेटिने छन् ।

सारङ्गी वादनमा भरत नेपाली, सन्तोष पाठक, कर्ण गन्धर्व, सन्जोग मल्ल, किम राई, रोशिक जल्धारी, रामु एस.के., दीपेश नेपाली, किरण महर्जन, अर्जुन वि.क., हरिशरण नेपाली, रुबेन गन्धर्व रहनुहुने छ भने ताल बाजा वादनतर्फ भरत बुढाथोकी, नरेश प्रजापति, पोषण घर्ती, खड्ग बुढामगर, सुजन गोपाली, अनिल थापा, रोशन महर्जन, प्रविन महर्जन, प्रवेश महर्जन, मछिन्द्र बुढामगर, दीपेश राई, दिवस लिम्बू, भूमराज राई र सन्दिप राईको प्रस्तुति रहनेछ । टुङ्ना समूहमा छेवाङ तेन्जिङ लामा, मिङ्मार लामा, दावा वाङ्गेल लामा, विवेक तामाङ, केलसाङ दोर्जे, पेमा लामा, प्रभात लामा रहनेछन् भने गिटारमा देव राई, लोकराज राई, दिवश श्रेष्ठ, क्षितिज कुलुङ, अजय लामा र आयुश अधिकारी रहनुहुने छ ।

यसैगरी बाँसुरी तथा सनाईमा गोपालदेव घतानी, धनबहादुर गुरुङ, एकडियनतर्फ शिलाबहादुर मोक्तान, मुर्चुङ्गामा हिरन राई र मेन्डोलियनमा डम्बर पहाडीको प्रस्तुति रहने छ । कोरस गायनमा सञ्जय सुब्बा, रुपक चौधरी, साजन राई, इन्द्र गुरुङ, आकाश थापा, निशा लिम्बू, रनु थापा, दुर्गा परियार, जसराज राई, जंग पहाडी, योजन लामा, गंगा राई, मुन्ना गुरुङ, किरण थापा, रोजी श्रेष्ठ र जितेन्द्र चौधरी सहभागी हुनुहुने छ ।

महाधिवेशन उद्घाटन समारोहमा प्रस्तुत गरिने सांस्कृतिक कार्यक्रममा राष्ट्रिय गान, अन्तर्राष्ट्रिय गीत (उठ जाग भोका नाङ्गा) र सोलिडारिटी गीत (हामी जित्ने छौँ) प्रस्तुत हुनेछन् भने साँझ सांस्कृतिक कार्यक्रममा पालम, साकेला, मैथिली, नेवारी, भोटे, तामाङ, शेर्पा, कौरा, हुर्दङ्या थारु, सोरठी, देउडा, पन्चेबाजाका साथै सारङ्गीलगायतका लोकबाजका मौलिक धुन प्रस्तुत गरिने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button