मूल खबर

राष्ट्रपति भण्डारीले जारी गरिन् ६ अध्यादेश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ६ वटा अध्यादेश जारी गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा बुधबार अध्यादेश जारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

राष्ट्रपति भण्डारीले यौन हिंसाविरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश र रेल्वे अध्यादेश, २०७८ जारी गरेकी हुन्।

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम ती अध्यादेशहरू जारी गरिएको राष्ट्रपति कार्यालयको विज्ञप्पतिमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button