सृजनाको चौतारी

यस्तै ,यस्तै छ जिन्दगी

गजल

दुई खोलीको तिर जस्तै मिल्दो छ कतिको यो जिन्दगी
आउडे ,खाउडे भिर जस्तै मिल्दो छ कतिको यो जिन्दगी
खोइ के हुन्छ अर्थहरु , कति पिडा भित्र भित्रै दबिएको
घाउको दर्द भएछ घाउको पिर हो जिन्दगी

बिना बाटो अल्मलिएको लक्ष्यबिहिन यात्रीहरु जस्तै पो
पत्थरझैँ मौनबस्ने धिरजस्तै मिल्दोछ कतिको यो जिन्दगी
तानाबुना कस्नु पर्दो हो झन औधि तुन्नुपर्दो हो कति कति
बास्नामै तृप्त भएको खिरझैँ मिल्दोछ कतिको जिन्दगी

मझधारमा अल्झिएको यात्री विहिन डुङ्गा जस्तै बिवश
सर्वस्व लुटिएको शिरजस्तै मिल्दोछ कतिको यो जिन्दगी
यस्तै अनेक भोगाइका पराकाष्टहरु मुर्झाउँने कोमल
मुटु कलेजो उनेको झिरजस्तै मिल्दो कतिको यो जिन्दगी

तारा पौडेल ‘अबिरल’
सुर्योदय नगरपालिका ३
इलाम ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button