
मंसिर २९, २०७८
एजेन्सी – सर्ज जिनाब्रीको ह्याट्रिकसहित दुई असिस्ट दिएपछि बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा सानदार जित दर्ता गरेको छ ।बायर्नले घरेलु टोली भिएफवी स्टुटगार्टलाई ५–० को भारी अन्तरले पराजित गर्दा पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीको दुई गोल थपे ।
मर्सेडेस बेन्ज एरिना स्टुटगार्टमा मंगलबार राति भएको खेलमा बायर्नले पहिलो हाफमा एक गोल गर्दा दोस्रो हाफमा तीन गोल थपेको थियो ।थपेको थियो । खेलको सुरुवातदेखि नै घरेलु टोलीलाई दवावमा राखेको बायर्नले गोलको लागि ४०औं मिनेट कुर्नुपरेको थियो ।
४०औं मिनेटमा सर्ज जिनाब्रीले लिरोए सानेको पासमा गोल गर्दै बायर्नलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । घरेलु मैदानमा स्टुटगार्टले बलियो बायर्नलाई एक गोलमा रोकेपनि दोस्रो हाफमा त्यसलाई निरन्तरता दिन सकेन । ५३औं मिनेटमा जिनाब्रीले थोमस मुलरको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे ।
६९औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई ३–० ले अघि बढाए । उनले सर्ज जिनाब्रीको पासलाई सदुपयोग गरेका थिए । ७२औं मिनेटमा जिनाब्रीको पासमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गर्दै बायर्नलाई फराकिलो जिततर्फ अघि बढाए । ७४औं मिनेटमा जिनाब्रीले ह्याट्रिक पूरा गर्दै बायर्नलाई सानदार जित दिलाए।
जितसँगै शीर्षस्थानमा रहेको बायर्नको १६ खेलबाट ४० अंक पुगेको छ । बायर्नले दोस्रो स्थानको बोरुसिया डर्टमुन्डलाई ९ अंकल पछि पारेको छ । बायर्नले एक खेल कम खेलेको छ । पराजित स्टुटगार्ट १७ अंक जोडेर १५औं स्थानमा रहेको छ ।हाम्रो खेलकुदबाट ।



