खेलकुद

म्यानचेस्टर सिटीको आधादर्जन गोल

मंसिर २९, २०७८
एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले लिड्स युनाइटेडमाथि गोलको वर्षा गरेको छ । घरेलु मैदानमा सिटीले लिड्समाथि ७–० को फराकिलो जित आत्मसात गरेको हो ।

इतिहाद स्टेडियममा सिटीको जितमा केभिन डि ब्रुएनले दुई तथा फिल फोडेन, ज्याक ग्रेलिस, रियाद महारेज, जोन स्टोन्स र नाथन एकले समान एक गोल गरे । गोलको वर्षा भएको खेलमा सिटीले पहिलो हाफमा तीन तथा दोस्रो हाफमा चार गोल थपेको थियो ।

गोलको वर्षा भएको खेलमा सिटीले खेलको आठौं मिनेटमा गोलको खाता खोलेपछि गोल गर्ने क्रमा ७८औं मिनेटसम्म रह्यो। आठौं मिनेटमा फिल फोडेनको गोलबाट सिटीले अग्रता लिन सफल भयो । १३औं मिनेटमा रियाद महारेजको पासमा ज्याक ग्रेलिसको गोलबाट सिटीले अग्रता दोब्बर बनायो ।

३२औं मिनेटमा केभिन डि ब्रुएनले रोड्रीको पासमा गोल गरेपछि सिटीले पहिलो हाफमा ३–० को आरामदायी अग्रता लिन सफल भयो । ४९औं मिनेटमा रियाद महारेजले इल्केए गुन्डोगानको पासमा गोल गरेपछि सिटी खेलमा ४–० ले अघि बढ्यो।

६२औं मिनेटमा केभिन डि ब्रुएनले गुन्डोगानकै पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गरेपछि सिटी फराकिलो जिततर्फ अग्रसर बन्यो । ७४औं मिनेटमा जोन स्टोन्सले गोल गरेपछि सिटीले ६–० ले अघि बढ्यो । ७८औं मिनेटमा नाथन एकेले फिल फोडेनको पासमा गोल गर्दै सिटीको फराकिलो जित पक्का गरे ।

यो जितसँगै शीर्षस्थानमा रहेको सिटीको १७ खेलबाट ४१ अंक पुगेको छ । सिटीले दोस्रो स्थानको लिभरपुललाई ४ अंकले पछि पारेको छ । लिभरपुलले एक खेल कम खेलेको छ । पराजित लिड्स १६ अंक जोडेर १६औं स्थानमा रहेको छ ।

अर्काे खेलमा एस्टन भिल्लाले नर्विच सिटीलाई २–० ले पराजित गरेको छ । एस्टन भिल्लाको जितमा ज्याकोव राम्सी र ओले वाट्किन्सले गोल गरे । जितसँगै भिल्ला १७ खेलबाट २२ अंक जोडेर नवौं स्थानमा रहेको छ । पराजित नर्विच १० अंक जोडेर पुछारमा रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button