खबर

युनियन लाइफले दियो मृतकका श्रीमानलाई ११लाख ३४हजार

धुलाबारी । मृत्यु दावी अन्तरर्गत कोभिडका कारण निधन भएकी मेचीनगर १०की जानुका नेपालका श्रीमान दीपक नेपाल लाई युनियन लाइफ इन्सोरेन्सले एक कार्यक्रमका बीच ११लाख ३४ हजार रकम बराबरको चेक हस्तान्तरण गरेको छ ।युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सिनियर एजेन्सी मेनेजर राजेश राउतका अनुसार कम्पनीको नियम अनुसार विमित सदस्यको मृत्यु भएमा पाउने सुविधा अन्तरर्गत सो रकम बराबरको चेक हस्तान्रण गरिएको बताए । चेक हस्तान्तरण कार्यक्रममा मेचीनगर नगरपालिका वडा नं १० का अध्यक्ष सुवेश पनेरु, युनियन लाइफ काँकरभिट्टा शाखा प्रमुख दीपक पौडेल,धुलाबारी शाखा प्रमुख गोपाल दाहाल लगायतको उपस्थिति रहेको थियो ।मृतक जानुका नेपालका श्रीमान दीपक नेपाललाई सिनियर एजेन्सी मेनेजर राजेश राउत र धुलाबारी शाखा प्रमुख गोपाल दाहालले संयुक्त रुपमा चेक हस्तान्तरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button