खेलकुद

मिलान र इन्टरको बराबरी

एजेन्सी – कोपा इटालियाको सेमिफाइनलको पहिलो लेगमा एसी मिलान र इन्टर मिलानले बराबरी खेलेका छन् । मिलान डर्वीको सेमिफाइनलको पहिलो लेग गोलरहित बराबरीमा सकिएको हो ।

मिलानोमा मंगलबार राति भएको प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलमा दुवै टोलीले गोलका अवसर सिर्जना गरेपनि सदुपयोग हुन नसक्दा खेल गोलरहित बराबरीमा सकिएको हो ।

यो बराबरीले दुवै टोलीको फाइनल पुग्ने सम्भावना जीवित रहेको छ । अब दोस्रो लेगमा सफलता हात पार्ने टोली नै कोपा इटालियाको फाइनलमा प्रवेश गर्नेछ । दोस्रो लेग २० अप्रिलमा हुनेछ ।

अर्काे सेमिफाइनलको पहिलो लेगको खेलमा आज (बुधबार) राति फियारेन्टिना र युभेन्ट्सबीच प्रतिस्पर्धा हुँदैछ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button