मूल खबर

झापाको मेचीनगर नगरपालिकाले गरेको कर्मचारी बढुवा कानून बिपरित — प्रदेस लोकसेवा आयोग

 

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले गरेको कर्मचारी बढुवा कानून बिपरित भएको प्रदेश लोकसेवा आयोगले उल्लेख गरेको छ । झापाका मेचीनगर र शिवसताक्षी नगरपालिकाले आफु खुसी कर्मचारीको बढुवा गरेको भन्दैसो निर्णय कानून बिपरित भएकाले कर्मचारी बढुवा  सम्बन्धी सम्पूर्ण कागजात १५ दिन भित्र उपलब्ध गराउन आयोगले मेचीनगर नगरपालिका र शिवसताक्षी नगरपालिकालाई पत्र लेखेको छ ।

कर्मचारीको तहबृद्धि तथा अन्य सेवा सुविधा सम्बन्धी प्रदेस लोकसेवा आयोगको सिफारिसमा मात्रै निर्णय गर्न पाइने कानूनी व्यवस्था भएकाले आयोगसंग परामर्श नै नगरी गरिएको कर्मचारीको तहबृति कानून बिपरित हुने आयोगको फागुन १६ गतेको बैठकले निर्णय गरेको आयोगले जनाएको छ ।

बैठकको निर्णय अनुसार मेचीनगर र शिवसताक्षी नगरपालिकालाई फागुन १६ गते नै पत्राचार गरी कर्मचारीको तहबृद्धिको निर्णय सम्बन्धी सम्पूर्ण कागजात १५ दिन भित्र उपलब्ध गराउन भनेको आयोगस्रोतले जानकारी दिएको छ ।

मेचीनगर नगरपालिका र शिवसताक्षी नगरपालिकाले कर्मचारी सम्बन्धी ऐन पारित गरी स्थानीय सेवाका कर्मचारीहरुको स्वत एक तह बृद्धि गरेको थियो । मेचीनगरमा मात्रै ४० जना स्थानीय सेवाका कर्मचारीलाई स्वत एक तह बढुवा गरिएको थियो । मेचीनगनगर नगरपालिकाले गरेको बढुवा सम्बन्धि निणर्यका बिरुद्धमा सोही कार्यालयका लेखाअधिकृत पदमबहादुर कार्कीले सर्वोच्च अदालतनमा रिट दायर गरेका थिए ।मेचीनगरको कर्मचारी बढुवा तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले २०७८ फागुन ४ गते नै अन्तरिम आदेश जारी गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button