
मेचीनगर । नेकपा(एकीकृत समाजवादी)का केन्द्रीय सदस्य लोकबन्धु कन्दङ्गवा लगायतले आज एक विज्ञप्ति जारी गर्दै नेकपा(एस) छाडेको घोषणा गरेकाछन् । कन्दङ्गवासँगै गोपी गिरी लगायत २ सय बढीले पार्टी छाडेको दाबी विज्ञप्तिमा गरिएको छ । नेकपा (एस) प्रति वैचारिक र सैद्धान्तिक असन्तुष्टि राख्दै पार्टी छाडेको उल्लेख गरिएको छ ।




