मूल खबर

नेपाली काँग्रेसबाट मेचीनगरको मेयरका उम्मेदवार ईन्द्रबहादुर बुढाथोकी

काँकरभिट्टा ।स्थानीयतहको निर्वाचनमा नेपाली काँग्रेसले आफ्नो पार्टीबाट मेचीनगरको मेयरका उम्मेद्वारको रुपमा ईन्द्रबहादुर बुढाथोकीलाई निर्वाचनको मैदानमा उतारेको छ । केही समय अघि नेपाली काँग्रेसकातर्फबाट मेचीनगरको मेयरको उम्मेद्वारको रुपमा उनले उम्मेदवारी दर्ता गरेकाछन् । नेबिसंघको राजनीतिबाट काँग्रेसको राजनीतिक यात्रामा लागेका बुढाथोकी नेपाली काँग्रेस झापा क्षेत्र नं १ का सभापति समेत रहेकाछन् ।विभिन्न सामाजिक संघ संस्थामा समेत पार्टीकातर्फबाट प्रतिनिधित्व गरेका उनले उम्मेद्वारी दर्ता पछि चौतारी पोष्ट अनलाइनलाई संक्षिप्त प्रतिकृया दिदै पार्टीले दिएको जिम्मेवारीलाई आफुले पुरा गर्ने र समग्र मेचीनगरको विकासका लागि आफ्नो उम्मेद्वारी रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button