मूल खबर

कथित १० भाइका कुरा सुन्दैछु, उनीहरु त्यहाँ दास भएर बसेका छन् : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी विभाजनका क्रममा एमालेमै बसेका १० स्थायी कमिटी सदस्यहरुलाई दासको संज्ञा दिएका छन् ।

शनिबार बसेको नेकपा एकीकृत समाजवादीको चौथो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले १० भाइप्रति आक्रोश पोख्दै उनीहरुको अझै नशा उत्रिनसकेको टिप्पणी गरे ।

‘नेकपा एमालेबाट विद्रोह गर्नु जायज थियो । हामीले नगरेको भए कि दास भएर बस्नुपथ्र्यो कि राजनीतिबाट पलायन हुनुपथ्र्यो’ अध्यक्ष नेपालले भने– ‘अहिले म कथित १० भाइका कुरा सुन्दैछु, उनीहरुको दिमागबाट नशा उत्रेको छैन । तथानाम लेखिरहेका छन्, म हेरिरहेको छु । उनीहरु त्यहाँ दास भएर बसेका छन् ।’

ती १० भाइले पार्टीमा पदीय गरिमाका सम्मान पाएका नभएको भन्दै अध्यक्ष नेपालले थपे, ‘तर पनि दास भएर बसेका छन् । म चेतावनी दिन्छु हामीलाई धारेहात लगाउने दुस्साहस नगरुन् । दिमागबाट नसा उत्रेछेको छैन ?’

एकीकृत समाजवादीमा मन्त्री हेरफेर गर्ने निर्णयबाट उत्पन्न संकटका सन्दर्भमा एमाले नेता योगेश भट्टराईलगायत १० बुँदे पक्षधर नेताहरुले माधव नेपालले पश्चापात गर्नुपर्ने टिप्पणी गरेपछि अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।drishtinews

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button