सृजनाको चौतारी

अलपत्र सपनाहरु!

अदालतको आँगन र अधिवक्ताका कानूनी परामर्श केन्द्रमा विभिन्न खाले विवादसँग सम्बन्धी मुद्दा मामिलाको बहस र चर्चा त चल्छ नै र, ती परिसरमा चल्ने चर्चाको विषय पनि पक्ष(विपक्षका जिकीर र जिद्दी नै हुन् ।

तर, विविध विषयका मुद्दाहरुबीच अहिले भावनात्मक सम्बन्धको मामिला अलिक धेरै बढेको पाइन्छ । हो, भावनालाई कानूनसँग दाँज्न त सकिदैन परन्तु अन्तिम निकासका लागि प्रेमको ज्वाला कानूनका धाराले निभाउनुपर्छ । अर्थात चर्चा हो “सम्बन्ध विच्छेद” को । एउटा प्रेममय आनन्द जीवनको ममतामयी यात्रामा अनयासै आँधी चल्छ सपनाको चाङ गल्र्याम्म ढल्छ, नदीले किनारसँग सरोकार राख्दैन अनि कोही बीचमै कोही, कोही माझधारमा अथवा रंगीन सपनाको दुनियाँमा सल्केको झिल्कोले ज्वालामुखीको रुप धारण गर्छ, सपनाका महलहरु ध्वस्त बन्छन जल्ने महल र जलाउने आगो दुवैको अवसान हुन्छ, रहन्छ त सिंगो शुन्यता । अक्सर एउटा साथीसँग अर्को साथीको भेट संयोग र सल्लाहले नै हुन्छ । सुस्तरी त्यो भेटसँगै मित्रता, ममता र आत्मियता पनि बाक्लिदै जान्छ । सुरु हुन्छन् जीवनका सपनाहरु जन्मन, नछुट्टिने जूनीजूनीका बाचा कसम अनि जोडिन्छ एउटा “नाता” मा यस्तै थुप्रै प्रेम, बाचा र जीवन यात्राको समुच्च रुप र बन्छ एउटा घर ।

दैवलाई नै इष्र्या लाग्ने जस्ता देखिने थुप्रै जिवन यात्राहरु अवरुद्ध बनेको असफल यात्रीका आ(आफ्नै कथा उनीहरुका मनमा मात्र होइन त्यो यात्राबाट आफु हट्ने घोषणाका लागि अहिले अदालतका ढोका र वकिलाका ल फर्म जानेको संख्या कम छैन ।

वर्षौँ अघिको मिलनको पल, सपनाको जिवन देउरालीका बाचा अहिले आक्रोस र घृणामा परिवर्तन भइसकेकाले नै भन्नुपर्छ सम्बन्ध । विच्छेदको आँतुरतामा प्रतिक्षारत यात्रीहरु एकले अर्कालाई अपराधीको रुपमा हेर्छन् ती नै आँखाले जून आँखाको नानीमा “मात्र तिमी” देख्छु भनेर हिजै मात्र एकले अर्कालाई प्रेमको सबुद दिन्थे । संसार एकापटि तिमी एकापटि भन्दा तिमीलाई नै माग्छु भन्नेहरुनै अहिले आधा अंशको कुार गर्छन् म मरौला तर तिमीलाई बचाउँछु भन्नेहरु नै यो मरे मरोस, छोरा मलाई चाहिन्छ भन्छन् ।

जव मान्छेका फट्टिक मनहरुमा स्वार्थ र शंकाको प्रेतात्माको प्रवेश सुरु हुन्छ होला मनसँग मनको द्वन्द्वको सुरुवात बढ्छ र नै जीवन यात्राका अविरल यात्रीहरु अलपत्र पर्छन् होला आफ्ना साझा सपनाहरु सँगै ।

सम्मानित अदालतका श्रीमान्ले जीवन यात्राका यात्रीहरुको सँगै यात्रा गर्न नसक्ने फैसला सुनाई रहँदा । ती यात्रीहरु आफ्नो कानले त सुन्न सक्लान् तर के मनले पनि सुन्न सक्छन् होला रु होला पारिवारिक अन्तरकलहको आक्रोसबाट हुर्केको घृणाको राँकोबाट उनीहरु दुवै टाढा रहन त खोज्छन नै तर मनसँग मन मिलेको दिन ती नै मनले सम्झन सक्छन् होला त रु

हो, कानूनी रुपमा एकले अर्कालाई हराए भन्न सक्लान्, एउटाले हार्ला, अर्काले जित्ला तर यो जितले मानवीय पक्षलाई अर्थात मान्छेको भावनालाई पनि जितेको हुन्छ र रु सिंगो रुपमा जीवन एउटा आकारको समुच्च रुप भएपनि शारीरिक अंग भन्दा पनि जीवन भोगाइका पाटा र पत्रहर अनगिन्ती रुपमा रहेकाछन् । यी हाम्रा जीवन भोगाइका पत्रहरु मुख्य गरी दुईवटा होलान्( आँशु र हाँसो भित्रकै तरेलीबाट जीवनको शुरु अर्थात उद्घाटन र अन्त्य समापन हुन्छ ।

तर, निरन्तर चलिरहेको श्रीमान, श्रीमती भनौँ या जीवन साथीको जीवन यात्राहरु अधुरो हुनुको मुख्य कारण एकले अर्कालाई नबुझ्नु, नबुझाउनु, बुझेर पनि नबुझे झैँ गर्नु, शंका र स्वार्थ नै हुन् । विश्वासको संकट, दृष्टिकोणमा दोष जस्ता आफुले सहज ढंगले समाधान गर्न सक्ने सामान्य कुराको झिल्कोले एउटा घर नै तहस नहस हुन्छ, सपनासँगै जिवन लथालिंग र भताभुंग बन्न पुग्छ अनि अधुरो बन्छ । यात्रा र अलपत्र बन्छन् यात्री ।

यो समस्या हाम्रै समाजको हो, हाम्रै घर को हो अनि हामी भित्रकै हो । सामान्य आन्तरिक जीवनको एउटा सानो समस्याको कुरुप चित्र अन्त्यमा गएर मनदेखि मन भाँच्ने, मान्छेदेखि मान्छे टाढा बनाउने अकल्पनीय दारुण कथामा परिणत भइदिन्छ अनि एउटा सुखद जिन्दगीको रफ्तार बन्न पुग्छ विरक्तिएको कथा पात्रको चरित्र जस्तो ।

साँच्चै गजवको छ हामी मान्छेको जीवन कथा । मिलन, विछोड, आँशु, हाँसोको संगममा अनवरत चक्र बनेर फन्को मारिरहेको छ । सँगै बाँच्ने र संँगै मर्ने सपथहरु कानूनका केस्रासँग मिल्न पुग्छन् अनि भत्कन्छन् हिजोका ती एक मुटु र एक स्पन्दनले ढुकढुक गरेका मनहरु । तर, “डिभोर्स” शब्दको उच्चारण जति गजविलो ढंगले गर्न सहज हुन्छ त्यसलाई भावनासँग लगेर मिलाउन उतिनै कष्टकर पनि छ । फैसलामा एकले अर्कालाई हराएर आफुले जीते झैँ लागे पनि वास्तविकता यस्तो नै हुन्छ होला ।

“अदालतको आँगनबाट जुनदिन हामी टाढा भयौँ,

तिम्रो ढिपी मेरो जिद्दी फैसलामा दुवै हार्‍यौँ ।
भावनालाई कानुनसँग जोख्न हामी पुगेकाथ्यौँ
संझ त्यो दिन छुट्नु अघि घित्का छोड्दै रोएकाथ्यौँ ”
(जनसंसद अनलाइनबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button