खबर

हवाई इन्धनको पनि मूल्य घटाउन माग

काठमाडौं
निजी वायुसेवा सञ्चालकहरुको छाता संस्था वायुसेवा सञ्चालक संघले हवाई इन्धनको पनि मूल्य घटाउन माग गरेको छ । सरकारको निर्देशनबमोजिम नेपाल आयल निगमले शनिबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेलमा २९ रुपैयाँले मूल्य घटाए पनि हवाई इन्धनको मूल्य नघटाएकाले संघले यस्तो माग गरेको हो।

अन्तर्राष्ट्रिय बजार बमोजिम आईओसी (भारतीय आयल निगम)ले रक्सौलमा उपलब्ध गराउने करबाहेकको खरिद मूल्यमा सरकारको अत्यधिक राजस्व तथा निगमको अत्यधिक नाफाका कारण नेपालमा हवाई इन्धनको मूल्य छिमेकी मुलुकको तुलनामा निकै महँगो रहेको संघको भनाइ छ। कोभिड महामारीका कारण ८ महिना हवाई सेवा पूर्ण रूपमा बन्द हुँदा वायुसेवा सबैभन्दा बढी मारमा परेको र विदेशी पर्यटक आगमनमा खासै सुधार हुन नसकेको हुनाले वायुसेवा कम्पनीहरूले धान्नकै लागि सस्तो भाडामा आफ्नो सेवा सञ्चालन गर्न बाध्य रहेको संघको भनाइ छ। कारोबार दैनिकमा  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button