कृषि र किसान

बाख्रापालन र अर्गानिक खेतीबाट मासिक ६० हजार आम्दानी

सरस्वती न्याैपाने
रसुवा।

रसुवा जिल्ला काे गाेसाईकुण्ड गाउँपालिका वडा नम्बर ६ भिमलि स्थायी घर भएकी सरस्वती तामाङ भैसि/ बाख्रा र अर्गानिक खेतीबाट मासिक ६० हजार कमाइ गर्नु हुन्छ ।

२०७४ साल देखि परम्परागत रूपमा पाल्दै आएकाे बाख्रा भैंसी लाई व्यवसायिक रूपमा व्यवस्थित तरिकाले सुरूमा ६० हजार मा ३५ वटा लाेकल बाख्रा किनेर पालिरहेकाे अवस्थामा यसवाट उति आम्दानी नहुने भएपछि त्यस लाई वेचेर उन्नत जातकाे २० वटा बाख्रा पाल्नुभएकाे छ ।

साथै १५ वटा भैंसी समेत रहेकाे छ । भैंसी किन्न ग्लाेवल आइ एम इ बैंक धुन्चे शाखावाट १५ लाख ऋण लिएर भैंसी फर्म समेत रहेकाे छ । १५ वटा भैसिमा ४ वटा दुहुनाे रहेकाे छ दैनिक २० लिटर दूध दिन्छ दैनिक १०० रूपैयाकाे दरले विक्रि हुन्छ । थाराे भैसिहरू मासुकाे लागि ५० हजार देखि ८० हजार सम्म घरबाटै बिक्री हुन्छन्

दु:ख गरे त यही छ विदेश यहि सुन फलाउन सकिन्छ भन्ने उदाहरण उहाँबाट लिन सकिन्छ । पैसा कमाउन विदेश किन जान पराे र भन्ने साेच राखेर कृषि,पशुपालन मा लागेकि सरस्वती तामाङ तरकारीमा काउलि बन्दा गाेलभेडा साग सव्जि खुर्सानी लगाएत सिजनमा आलु उत्पादन हुन्छ । श्रिमानकाे र घरपरिवारकाे सहयाेगले काम गर्न सहज भएकाे बताउनु हुन्छ ।

सदरमुकाम धुन्चे बाट पासाङ ल्हामु राजमार्ग नजिकै रहेकाे भिमलि गाउँ हाेमस्टेकाे सम्भावना वाेकेकाे हुनाले सम्वन्धित निकाएकाे ध्यान गएमा राम्राे हुने र आन्तरिक तथा वाह्य पर्यटककाे वृद्धि हुने वताउनु हुन्छ ।अरू त विदेश वा सहरवजारमा बसेकाे भन्दा पनि आफूलाई कृषक भएर काम गर्दा राम्राे लाग्ने उहाँ बताउनु हुन्छ ।Newsof Nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button