खेलकुद

जुल्स कुन्डे बार्सिलोनामा अनुबन्धित

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले फ्रान्सेली सेन्टर ब्याक जुल्स कुन्डेलाई अनुबन्ध गर्न सफल भएको छ । बार्सिलोनाले कुन्डेलाई अर्काे स्पेनिस क्लब सेभियाबाट अनुबन्ध गर्न सफल भएको हो ।

बार्सिलोनाले कुन्डेलाई ४ वर्षको लागि ५० मिलियन युरो र १० मिलियन युरो थप गरि २०२७ सम्मको लागि अनुबन्ध गर्न सफल भएको हो । बार्सिलोनाले कागजी प्रक्रिया र मेडिकलसँगै सार्वजनिक गरेको छ ।

२३ वर्षीय कुन्डे अनुबन्धमा बार्सिलोनाले इंग्लिस क्लब चेल्सीलाई पछि पारेको हो । जुल्स कुन्डे छरिता डिफेन्डरको रुपमा परिचित छन् । उनी विपक्षीलाई सहजै खेल्न दिदैनन् । पाब्लो टोरे, आन्द्रेस क्रिस्टेन्सेन, फ्रान्क केसी, राफिन्हा र रोबर्ट लेवान्डोस्कीपछि उनी यो समरमा अनुबन्ध हुने नयाँ खेलाडी हुन् ।

बार्सिलोनामा अनुबन्ध भएपछि उनले आँफु नयाँ क्लबमा उत्साहित र खुशी रहेको बताएका छन् । उनले बार्सिलोना आउनुमा प्रशिक्षक जाभीको ठुलो हात रहेको बताएका छन् । ‘म धेरै गर्व, कृतज्ञ र उत्साहित छु, किनभने म ठुलो क्लबमा आएको छु ।’ कुन्डेले भने, म खेल शुरु गर्न उत्सुक छु । सेभिया एक उत्कृष्ट क्लब हो, तर बार्सिलोनामा सामेल हुनु मेर करिअरको अर्काे चरण हो ।’

कुन्डेले सेभियाका लागि तीन सिजन खेल्दा १०३ खेलमा ९ गोल गरेका छन् । सेभिया आउनअघि कुन्डेले फ्रान्सेली क्लब बोर्डेअक्समा रहेका थिए । २०२१ देखि फ्रान्सको टोलीमा रहेका कुन्डेले ११ क्याप जितेका छन् ।हाम्रो खेलकुदबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button