स्वास्थ्य

सर्पले डसेर स्वयम् सेविकाको मृत्यु

काँकरभिट्टा । झापाको मेचीनगरमा विषालु सर्पको डसाईबाट एक जना स्वास्थ्य स्वयम् सेविकाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर ११ की रुपा मैनाली रहेकी छिन् ।

मैनालीलाई गएराति आफ्नै घरमा सुतेको अवस्थामा विषालु सर्पले डसेर घाइते बनाएपछि उपचारको लागि चारआलि स्थित सर्पदंश लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि विर्तामोड लैजादै गर्दा बाटोमा नै ज्यान गएको मेचीनगर ११ का वडाध्यक्ष रुद्रबहादुर डाँगीले जानकारी दिए ।

आफन्त र छरछिमेकहरुले घटना घटाउने सर्पको खोजतलास गर्दा आज बिहान घर भित्रको फ्रिज छेउमा लुकेर बसेको अवस्थामा गोमन सर्प फेला परेको डाँगीले बताए ।
मैनाली धाइजन स्वास्थ्य चौकी अन्तरगत मेचीनगर ११ मा सामुदायिक स्वास्थ्य स्वयम्सेविकाको रुपमा कार्यरत थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button