सृजनाको चौतारी

अनि रुन्छन् हर्क साम्पाङ्गहरु !

जी एन शर्मा
कविता
हर्क साम्पाङ्गहरुसँग त्यो मन छ
मन भित्रको मन छ उनीहरु सँग
जनमन बोकेका जनप्रतिनिधिहरु
जब साँच्चै जनमनसँग आफ्नो मन मिसाउँछन
अनि रुन्छन् हर्क साम्पाङ्गहरु !

धेरै भएको थियो अति भएको थियो
जनमनसँग जन सपनाहरुसँग
आफ्ना मन मिसाउने र आफ्ना सपनाहरु जोड्नेहरुको अभाव
जबजब हर्क साम्पाङ्गहरु जनता बनेर जनतासँग पुग्छन्
जनतालाई ढोग्छन् र जनतालाई पुज्य ठान्छन्
जनताका मनसँग आफ्ना मनहरु जोड्छन्
जनताको सपनासँग आफ्ना सपनाको मिलन गराउँछन्
अनि रुन्छन हर्क साम्पाङ्गहरु मन देखि नै हर्कका आँशु बगाउँदै !

जनताले रोजेका र जनताले खोजेका हर्क साम्पाङ्गहरु
जनताका बीचमा रुन्छन्
जनताका सपनाहरुलाई पुरा गर्न निरन्तर आफ्नो यात्रामा बढ्छन
जबजब जनता हाँस्छन् हर्क साम्पाङ्गहरुका मनहरु पनि हाँस्छन्
त्यही मनको खुशीबाट बग्छन् यस्ता हर्कका आँश ु!

कोमलछन् हर्क साम्पाङ्गका मनहरु
दरिलो अठोट छ उनको मनमा
जनतासँग जनता बनेर, पसिना बगाउने रहर धेरै छ उनको
अनि जब जनताका माझ पुग्छन् हर्क साम्पाङ्गहरु
साँच्चै जनताका मनसँग आफ्नो मन जोड्छन्
अनि रुन्छन् हर्क साम्पाङ्गहरु !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button