खबर

फर्निचर तथा काठको आयात बढ्यो

काठमाडौं

सरकारले वनजंगलबाट उत्पादन हुने काठजन्य सामग्रीमा कडाइ गर्दा फर्निचर तथा काठको आयात ह्वातै बढेको छ। मुलुकमा डलर सञ्चितिको अभाव भइरहेका बेला काठ, फर्निचर तथा फर्निसिङ सरसामानको आयात बढेकाले मुलुकबाट आर्थिक वर्ष २०७८/८१ मा मात्रै करिब १८ अर्ब रुपैयाँ विदेशिएको छ। नेपालका वनजंगलमा उत्पादन भइरहेको काठजन्य सामग्री भने कुहिँदै गइरहेको छ।

भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४/७९ मा सात अर्ब ४४ करोड ७८ लाख ७९ हजार रुपैयाँको काठ आयात भएको थियो। त्यसै गरी सोही अवधिमा फर्निचरजन्य सामग्रीको आयात भने १० अर्ब ३७ करोड ९४ लाख ९५ हजार रुपैयाँको आयात भएको थियो । गत आवमा काठ तथा फर्निचरजन्य सामग्रीको आयात १७ अर्ब ८२ करोड ७३ लाख ७४ हजार रुपैयाँ बराबरको आयात भएको थियो । नेपालमा पर्याप्त मात्रामा वनजंगल भए पनि काठ तथा फर्निचरजन्य सामग्री निर्यातको अवस्था भने निकै कमजोर देखिएको छ।  नागरिक दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button