भिडियो चौतारीमूल खबर

‘हरियो अभियान’मा मेचीनगरका युवा हरेक हप्ता गर्छन् सरसफाइ (फोटो र भिडियो पनि)

मेचीनगर । झापाको मेचीनगर ६ स्थित पूर्वी भानुटोल युवा परिवार केही साता यता हरियो अभियानमा जुटेको छ ।युवा परिवारले आफ्नो गाउँ टोलमा वृक्षारोपण तथा सरसफाइ अभियानमा हप्तामा एक दिन जुट्ने गरेको अभियानका सदस्य कृष्ण कुँवरले बताए । अहिले सम्म आफ्नो टोल क्षेत्रमा दुईसय पचास ओटा विरुवा रोपिएको र प्रत्येक शनिबार विरुवाको गोडमेल र सरसफाईमा जुट्ने गरेको उनले बताए ।युवाहरुको यो अभियानमा स्थानीय सामाजिक अगुवा सुशील आचार्य र राजकुमार पराजुलीले सहयोग गरेकाछन् भने अभियानलाई मेचीनगर नगरपालिका, काँकरभिट्टा खानेपानी र स्थानीय प्रहरी प्रशासनले आआफ्नो क्षेत्रबाट सहयोग गरिरहेको छ । हरियो अभियानलाई सफल बनाउन अभियानमा सहभागि युवाहरुले समेत आफ्नोतर्फबाट आर्थाीक सहयोग गरेको सुशील आचार्यले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button