खबर

४१ प्रतिशत जनसङ्ख्यामा बीमाको पहुँच

काठमाडौं
चालू आर्थिक वर्ष (आव) २०७९/८० को साउनसम्ममा ४१ प्रतिशत जनसङ्ख्यामा बीमाको पहुँच पुगेको छ । सर्वसाधारणमा बीमाप्रति बढेको आकर्षण, कम्पनीहरूको सेवा विस्तार र नयाँ योजनाका कारण पहुँच बढेको बीमा समितिले जानकारी दिएको छ।

समितिले प्रकाशित गरेको तथ्यांकअनुसार २०७९ साउन मसान्तसम्ममा कुल जनसङ्ख्याको ४१ दशमलव १५ प्रतिशत बीमाको दायरामा समेटिएको छ । २०७८ साउनको तुलनामा बीमाको पहुँच १३ दशमलव ६४ प्रतिशत बिन्दुले वृद्धि भएको हो। २०७८ साउनसम्ममा बीमाको पहुँच २७ दशमलव ५१ प्रतिशत जनतामा थियो। समितिले बीमा कम्पनीहरूले जारी गरेका म्यादी, लघु म्यादी र वैदेशिक रोजगार बीमालेखसहितको तथ्याङ्कका आधारमा बीमा पहुँचको अवस्था सार्वजनिक गरेको हो । आर्थिक अभियान दैनिकमा  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button