खेलकुद

रियल म्याड्रिडलाई पछि पार्दै बार्सिलोना शीर्षस्थानमा उक्लियो

एजेन्सी – घरेलु टोली क्याडिजमाथि सानदार जित निकालेपछि रियल म्याड्रिडलाई पछि पार्दै क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ ।

परिवर्तित फरवार्ड रोबर्ट लेवान्डोस्कीले एक गोलसँगै दुई असिस्ट दिएपछि घरेलु टोली क्याडिजलाई ४–० ले पराजित गर्दै बार्सिलोना शीर्षस्थानमा उक्लन सफल भएको हो ।

दोस्रो हाफको अन्त्यतिर दर्शकको स्वास्थ्यमा समस्या भएपछि खेल झन्डै ५० मिनेटमा रोकिएको थियो । त्यसपछि बार्सिलोनाले दुई गोल थप्दै जित सुनिश्तिच गरेको हो । बार्सिलोनाको जितमा लेवान्डोस्कीसँगै फ्रान्की डि जोङ, अन्सु फाती र औसमाने डेम्वेलेले गोल गरे ।

खेलको ८५ औं मिनेटमा दर्शकको स्वास्थ्यमा समस्या आएपछि खेल रोकिन पुगेको थियो । घरेलु टोली क्याडिजका गोलरक्षक लेडेज्माले स्वास्थ्य उपकरण तुरुन्त बिरामी दर्शकसम्म पुर्याएका थिए । उनले अकस्मात मुटु रोकिँदा प्रयोग हुने डेफीब्रीलेटर स्वास्थ्य टोलीसम्म पुर्याउन मदत गरेका थिए ।

यस जितसँगै अपराजित रहेको बार्सिलोना ५ खेलबाट १३ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । एक खेल कम खेलेको रियलको १२ अंक छ । पराजित क्याडिज अंक विहीन हुँदै पुछारमा छ ।हाम्रो खेलकुदबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button