मूल खबर

नेपालमा ५५ मुलुकको सवा २ खर्ब प्रत्यक्ष वैदेशिक लगानी

काठमाडौं
नेपालमा हालसम्म ५५ मुलुकको सवा २ खर्ब रुपैयाँबराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) रहेको छ। नेपाल राष्ट्र बैंकले गरेको वैदेशिक लगानी सम्बन्धी एक अध्ययनअनुसार गत असार मसान्तसम्ममा नेपालमा ५५ देशको २ खर्ब २७ अर्व ९५ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ।

राष्ट्र बैंकका अनुसार भारतबाट सबैभन्दा बढी अर्थात् ७५ अर्ब ८१ करोड लगानी भएको छ भने दोस्रोमा रहेको चीनबाट ३३ अर्ब लगानी रहेको अध्ययनमा उल्लेख छ। पछिल्ला वर्षहरुमा आवधिक लगानीमा चीन अगाडि रहे पनि समग्रमा भने भारत निकै माथि रहेको छ।

भारत र चीनपछि आयरल्याण्डबाट १६ अर्ब ४८ करोड, सिंगापुरबाट १५ अर्ब ४८ करोड र सेन्ट किट्स एण्ड नेभिसबाट १४ अर्ब ५१ करोड प्रत्यक्ष वैदेशिक लगानी रहेको राष्ट्र बैंकले जनाएको छ। वैदेशिक लगानीको मौज्दात अघिल्लो वर्षको तुलनामा १४.८ प्रतिशतले वृद्धि भएको छ। यस्तै, नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ६०.५ प्रतिशत औद्योगिक क्षेत्रमा र ३९.४ प्रतिशत सेवा क्षेत्रमा रहेको देखिन्छ।

औद्योगिक क्षेत्रअन्र्तगत जलविद्युत् क्षेत्रमा ३०.८ प्रतिशत र उत्पादन क्षेत्रमा २९.५ प्रतिशत वैदेशिक लगानी रहेको देखिन्छ । यसैगरी, कल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २६.९ प्रतिशत सेवा क्षेत्रअन्र्तगत बैंक तथा वित्तीय संस्थारविमा कम्पनीहरूमा रहेको छ । कारोबार दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button