मूल खबर

लामो प्रतिक्षापछि मेचीनगर नगरपालिकाले पायो प्रमुख प्रशासकीय अधिकृत

मेचीनगर । करिब दुई महिना सम्म झापाको मेचीनगर नगरकार्यपालिका प्रमुख प्रशासकीय अधिकृत विहिन थियो ।विदामा गएका सुरेशकुमार दाहाल काममा नफर्के्रपछि नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले सरोकारवाला मन्त्रालयलाई प्रमुख प्रशासकीय अधिकृत पठाउन अनुरोध सहित निवेदन गर्नु परेको थियो ।करिब दुई महिना पछि शुक्रबार मात्र मेचीनगर नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत भेटेको छ । चौलागाँईले शुक्रबारदेखि कार्यभार लिएकाछन् ।मेचीनगर नगरपालिका शायदै यस्तो नगरपालिका होला जहाँ कुनै प्रशासकीय अधिकृत नगरपालिका आएको दुई महिना नभई सरुवा हुन्छन्, कोही विदामा गएपछि फर्कन मान्दैनन् त कहिले दुईदुई महिना सम्म नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विहिन हुन्छ । चौतारी पोष्ट अनलाइनले यस अघि पनि मेचीनगर नगरपालिकामा किन ? यो समस्या आउँछ भनेर सम्पादकीय नै लेखेको थियो । नागरिकका कामहरुलाई सहज र सरल बनाउन यसप्रकारका समस्या आउन नदिन एकपटक जनप्रतिनिधिहरुले समेत यो विषयमा केन्द्रीत गर्न सके भोलीका दिन यसप्रकार समस्या फेरि आउने थिएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button